अयोध्या राममन्दिरको भूमिपूजनका निम्त्याइएका १७५ जनामध्येका नेपाली को हुन् ?

डिसी नेपाल
२० साउन २०७७ ८:२९

काठमाडौं। भारतको अयोध्यामा भोलि जुलाइ ५ मा राम मन्दिरको भूमिपूजन हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राम मन्दिरको भूमिपूजन गर्ने कार्यक्रम छ । यो कार्यक्रमका लागि सीमित व्यक्तिहरु मात्र आमन्त्रित छन् । राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टले यो कार्यक्रमका लागि १७५ जनालाई मात्र निमन्त्रणा दिएको छ । यसरी आमन्त्रितहरुमध्ये नेपालको जनकपुरस्थित जानकी मन्दिरका महन्त पनि आमन्त्रित अतिथि हुन् ।

ट्रस्टका महासचिव चम्पत रायलाई उद्धृत गर्दै द प्रिन्टले नेपालको जानकी मन्दिरका महन्तलाई आमन्त्रित गरिएको उल्लेख गरेको छ । सूचीमा विभिन्न ३६ आध्यात्मिक परम्परालाई प्रतिनिधित्व गर्ने १३५ सन्तहरु पनि समावेश छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना वास्तविक अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा भएको दावी गरेको समयमा नेपालको जानकी मन्दिरका महन्तलाई निमन्त्रणा गरिनुलाई भारतले अर्थपूर्ण रुपमा लिएको समाचारमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *