सुरक्षा गार्ड कुटपिट प्रकरणः पीडित र पीडक दुवैलाई मलेसियाबाट बाहिरिन प्रतिबन्ध

डिसी नेपाल
२० साउन २०७७ ८:५३

काठमाडौं। मलेसियामा नेपाली सुरक्षागार्डमाथि कार पार्कमा भएको कुटपिटको घटनाका विषयमा अनुसन्धान गरिरहेको त्यहाँको प्रहरीले कुटाइ खाने सुरक्षागार्ड र कुटपिट गर्ने सुपरभाइजर दुवैलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । वाङसा माजुमा भएको घटनाका पीडित र पीडक दुवै नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ ।

मलेसियाको अखबार द स्टारले त्यहाँको बुकित अमन अपराध अनुसन्धान विभागका उपनिर्देशक डिसीपी मियोर फरिदालात्रास वहिदलाई उद्धृत गर्दै घटनामा संलग्नमध्ये पीडित २६ वर्षका र पीडक ३५ वर्षका भएको र दुवै नेपाली भएको लेखेको छ । ‘हामलिे अध्यागमन विभागमा उनीहरु दुवैलाई देश छाड्न रोक लगाउन लिखित रुपमा भनिसकेका छौं’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *