नुवाकोटमा हालसम्म ९ सय भन्दा बढीको पीसीआर परीक्षण

डिसी नेपाल
२० साउन २०७७ १८:०६

काठमाडौं । नुवाकोटमा हालसम्म ९ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार हालसम्म ९ सय ९ जनाको पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा संक्रमण पुष्टि भएको छ।

पिसिआर परीक्षण गरिएका मध्ये ८ सय १३ जनाको पिसिआर नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले बताए । उनका अनुसार पिसिआर गरिएकामध्ये ५३ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको छ ।

त्यस्तै नुवाकोटका ३२ सय ९२ जनाको आरडिटि परीक्षण गरिएको स्वास्थ्य कार्यालयको नुवाकोटले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *