सुशान्त र उनकी पूर्व म्यानेजर दिशाको हत्या भएको भाजपा नेताको आरोप
काठमाडौं । भारतीय जनता पार्टीका नेता तथा महाराष्ट्रका पूर्व मूख्यमन्त्री नारायण राणेले सुशान्त सिंह राजपुत र उनकी पूर्व म्यानेजर दिशा सालियानको हत्या भएको आरोप लगाएका छन्।
उनले मंगलबार मिडियासँग कुरा गर्दै रिया चर्कवर्ती सुशान्तको घरमा बस्ने गरेको बताए। यस्तै उनले आफ्नो फोन पनि बन्द गरेको र फरार रहेका कारण रिया यो अपराधमा दोषी रहेको बताएका छन्। २० दिनदेखि सुशान्तलाई कसले धम्की दिइरहेको थियो? पुलिसले किन अनुसन्धान गरिरहेका छैन भनेर उनले प्रश्न गरे।
नारायणले महाराष्ट्र सरकारले अपराधिहरुलाई जोगाइरहेका आरोप पनि लगाएका छन्। उनले अन्य मानिसहरुलाई जस्तै आफूलाई पनि यो आत्महत्या नभएर हत्या लागेको बताएका छन्। विश्वप्रसिद्ध मुम्बई पुलिसले ५० दिन बित्दा पनि अपराधि खोज्न नसकेको भन्दै आलोचना गरेका छन्।
उनले भनेका छन्, ‘मैले यकिनका साथ भन्न सक्छु यो घटनामा प्रभावशाली व्यक्तिहरु कसैलाई बचाउने कोशिस गरिरहेका छन्। मुम्बई पुलिसले यो घटनामा न्याय दिन सक्दैन। मुम्बई पुलिसस कमिश्नर किन रिसाई रहेका छन्? बीएमसीले बिहारको आइपीएस अफिसरलाई किन क्वारेन्टिनमा राख्यो?’
नारायणले दिशाको परिवार दबाबमा रहेका कारण खुलेर बोल्न नसकेको पनि बताए। यस्तै उनले दिशाको पोष्ट मार्टम रिपोर्ट सही समयमा सबमिट गर्ने र उक्त घटनामा आरोपीलाई बचाउने व्यक्तिको नाम पनि बताउने जानकारी दिएका छन्।
Facebook Comment