भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदा जनकपुरमा दीपावली गरिने

डिसी नेपाल
२० साउन २०७७ २१:५४

काठमाडौं। भारतको अयोध्यामा बुधबार राम मन्दिरको शिलान्यास हुँदा नेपालको जनकपुरमा दीपावाली गरिने भएको छ। रामायणअनुसार अयोध्याका राजकुमार रामको बिहे जनकपुरकी राजकुमारी सीतासँग भएको थियो।

त्यसैले अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदा जनकपुरस्थित जानकरी मन्दिरम दीपावली गरिने भएको हो। तर, हालै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अयोध्या नक्कली भएको भन्दै भगवान रामचन्द्रको जन्म भूमि नेपालमै भएको बताएपछि रामको वास्ताविक जन्म भूमिबारे नेपालमा बहस भइरहेको छ। द्वापार युगको यो कथाअनुसार राम र सीताको बिहे भएको थियो।

प्रधानमन्त्री ओलीले रामको जन्म भूमि पर्साको ठोरी नजिकै रहेको बताएपछि केही नेपालमा त्यसको आलोचना गरे भने केहीले यो विषयमा खोज अनुसन्धान हुनुपर्ने बताए। ठिक त्यसैबेला भारतको अयोध्यामा राम मन्दिर बन्न लागेको हो।

अयोध्यामा पहिला मुस्लिम धर्मको मस्जिद रहेको स्थानमा रामको मन्दिर बन्न लागेको छ। त्यहाँ रहेको बाबरी मस्जिद हालको भारतीय सत्तारुढ दल भाजपाका नेता एलके आडवाणीको नेतृत्वमा १९९० मा भत्काइएको थियो। बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउने भाजपाको भनाई थियो। अहिले भाजपाको नेतृत्वको सरकारले त्यहाँ राम मन्दिर बनाउन लागेको हो।

राम मन्दिर बनाउने विषयमा भारतको सर्वोच्च अदालतमा चलेको लामो मुद्दा गर्तवर्ष किनारा लागेपछि मन्दिर निर्माणको बाटो खुलेको थियो। सर्वोच्च अदालतले त्यहाँ राम मन्दिर बनाउन आदेश गरेको थियो।

अहिले भारत सरकार मन्दिरको शिलान्यास गर्ने विषयलाई ठूलै उत्सवका रुपमा लिइरहेको छ। तर, धर्म निरपेक्ष भारतमा यसरी मन्दिर निर्माणलाई उत्सवको रुपमा लिएकोमा केही आलोचना पनि भएको छ।

यता नेपालमा रामको जन्म भूमिबारे बहस शुरु भएको प्रधानमन्त्री ओलीले रामको जन्म भूमि नेपालमा रहेको बताएको विषयमा जनकपुरमा केही दिन विरोधसमेत भएको थियो। भारतमा मन्दिर बन्दा जनकपुरमा दिपावली हुन लागेको हो। जानकी मन्दिरका महन्थले आफू अयोध्या जाने तयारीमा रहे पनि कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमा बन्द रहेकाले जान नपाएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *