मालदिभ्समा नेपाली मजदुर एकता समाज गठन

डिसी नेपाल
२१ साउन २०७७ ०:०५

माले । मालदिभ्समा मजदुरका लागि मजदुर अभियान संचालन गर्दै आएको नेपाली मजदुर एकता समाजले हालै प्रथम वाषिर्क उत्सव मनाएको छ। श्रमजीवी नेपालीहरुको पक्षमा निरन्तर संघर्षरत नेपाली मजदुर एकता समाजले केहि महिना अगाडि विभिन्न २२ वटा देशमा संयोजक प्रतिनिधि तोकेर आवश्यक काम कारवाई अगाडि बढाएको थियो। समाजको गतिविधि सञ्चालन गर्न मालदिभ्स संयोजकको जिम्मेवारी धन बहादुर मगर (बिराट) पाएका थिए ।

बिराटले आफू संयोजक चयन भए लगत्तै माल्दिभ्समा अलपत्र परेका ७ नेपालीलाई मालदिभ्समा कार्यरत डाक्टर कौशल तिवारी, कल्पना महर्जन लगाएतको सहकार्यमा करिब ३ लाख रुपैयाँ संकलन गरी स्वदेश फर्काउने काम गरेका थिए।

विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कै कारण नेपाली श्रर्मिकले भोक्दै आएका समस्या समधानका लागि नेपाली मजदुर एकता समाज निरन्तर संघर्षमा छ। माल्दिभ्समा मजदुर एकता समाजको आवश्यकता रहेको बहस हुन थालेपछि यसैक्रममा संयोजक विराट र डाक्टर तिवारीको सक्रियतामा १५ सदस्यीय समिति गठन गरिएको छ।

समितिको अध्यक्षमा डा कौशल तिवारी रहेका छन् भने वरिष्ठ उपाध्यक्ष सुजता कार्की रहेकी छन्। यस्तै माहासचिवमा धन बहादुर मगर (बिराट), सचिवमा सोनु राना, कोषाध्यक्षमा केबी भण्डारी र प्रवक्तामा तुलारोका मगर चयन भएका छन्। यस्तै सदस्यहरुमा देवि तामाङ, सन्चार थिङ लामा, कुमार गुरुङ, रिता रुचाली, बिनोद घिमिरे, करिमा मोहमत नाजिर, सम्वु महिता, धुर्वराज बराल र अमर श्रेष्ठ रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *