आज साउन २१ गते बुधबार, कस्ताे रहला आजकाे दिन, हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२१ साउन २०७७ ६:५२

वि.सं.२०७७ साल साउन २१ गते बुधबार । सन् २०२० अगष्ट ०५ तारिख ।  प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । भाद्र कृष्णपक्ष  द्वितीया । चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । रोपाइँजात्रा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  आम्दानिका नयाँ–नयाँ बाटाहरु खुल्ने छन्। अधुरा तथा पुराना कामहरु फत्ते हुने याेग छ ।  माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  व्यापार फस्टाउँदा भनेजस्तो आम्दानि हुनेछ। कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ। पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा हाेला । आफन्तको सहयोगमा नयाँ योजना र काम बन्ने याेग छ। स्वास्थ्यमा ध्यान दिनु अति उत्तम मानिन्छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा साेचे अनसारकाे फल प्राप्त नहाेला। पठनपाठनमा मन लाग्ला। समय मध्यम रहने छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ। भौतिक सम्पति  प्राप्तिको योग रहेकोछ।स्वास्थ्यमा ध्यान दिन आवश्यक छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ व्यापारमा लगानी गर्ने याेग छ। विवाद तथा प्रतिस्पर्धामा अग्र स्थानकाे याेग छ। माया प्रेममा सुमधुर सम्बन्ध रहला।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ नयाँ कामकाे लागि जाेस जाँगर बढ्ला। प्रिय व्यक्तिसँग रमाइलाे भेटघाट हाेला। पुरस्कार तथा प्रशंसा पत्र जित्ने याेग छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुने याेग छ।  महत्वकांक्षी सोचले मन अशान्त रहला। कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ मिल्ने छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आयस्रोत सबल हुने याेग छ। जीवन शैलीमा परिवर्तन देखिन सक्छ।  भौतिक स्रोत साधन जुटाउने याेग रहेकाे छ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  बोलिको प्रभाव बढ्ने याेग रहेकाे छ। स्वादिष्ट भोजन  प्राप्त हाेला। अध्यानमा मन जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक काराेबार गर्दा ध्यान दिनुहाेला। खुट्टा तान्ने तथा फसाउनेहरु देखि सजक रहनु । खानपानमा ध्यान दिनुहोला।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  प्रेममा धोका हुन सक्छ । व्यापार व्यावसायमा लगानी बढाउने समय रहेको छैन। स्वास्थ्यका लागि खानपिनमा ध्यान दिनु हाेला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *