हेर्नुहाेस् आजकाे विनिमयदर, कुन देशकाे पैसा बढ्याे कुन देशकाे घट्याे (सूचिसहित)

डिसी नेपाल
२१ साउन २०७७ ७:१८

काठमाडौं। अमेरिकी डलरको मूल्य बुधबार पनि बढेको छ। मंगलबार बढेर ११९ रुपैयाँ ७३ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य बुधबार बढेर ११९ रुपैयाँ ७९ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७९ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर १ को विक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको छ।

यूरो १ को खरिददर १४० रुपैयाँ ९१ पैसा, विक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा, विक्रीदर १५६ रुपैयाँ ८० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४४ पैसा, विक्रीदर ८५ रुपैयाँ ८७ पैसा, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९४ पैसा, विक्रीदर ३२ रुपैयाँ १० पैसा, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७२ पैसा, विक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा, विक्रीदर ३२ रुपैयाँ ७८ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ ३८ पैसा, विक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ।

कुवेती दिनार १ को खरिददर ३९१ रुपैयाँ ४६ पैसा, विक्रीदर ३९३ रुपैयाँ ४२ पैसा, र बहराइन दिनार १ को खरिददर ३१७ रुपैयाँ ७४ पैसा, विक्रीदर ३१९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *