कुटपिटबाट घाईते शिक्षकको हेलिकप्टरबाट उद्धार

डिसी नेपाल
२१ साउन २०७७ १२:१९

मुगु। मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कुटपिट गरी घाइते बनाइएका शिक्षकको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सोरु गाउँपालिका वडा नं ३ भिई गाउँ घर भई हाल कालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षिय शिक्षक बिस्णु राज धामीलाई नेकपाका कार्यकर्ताले मरणासन्न हुने गरि कुटपिटपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।

तत्कालिन नेकपा माओवादीबाट संविधान सभामा निर्वाचित मुगुका पूर्व सांसद नवराज धामीका छोरा मनोज धामिको नेतृत्वमा सोमबार राति १ बजे घाइते धामीको घरमा आएका ७ जना नेकपा कार्यकर्ताहरुले अपहरण शैलीमा धामीलाई घरबाट ५ सय मिटर टाढा रहेको काटीया खोलामा लगी निर्घात कुटपिट गरेर घार्ईते बनाएको दाई डिलबहादुर धामीले बताए।

उनका अनुसार भाईलाई टाउको, पिठ्यू र तिर्घामा चोट लागेको छ। तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न २ दिन लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्था मिलाई मंगलबार धामीलाई प्रदेश अस्पताल सुर्खेत लगी उपचार भैरहेको दाई डिलबहादुर धामीले जानकारी दिए।
सोमबार दिउसो गाँउमा रहेको विद्यालयमा फुुटबल खेल खेल्दा झगडा गर्ने निउ खोजेका पूर्व सांसदका सन्तान तथा नातागोताहरुले राती बाटोमा कुरेर बसेपनि बाटोमा कोहि नआएपछि राती घर मै गएर घिसादै गाँउ नजिक कै लिएर कुटपिट गरेको दाई धामीले जाकारी दिए।

दिउसो फुटबल खेल्दा विवाद भएको र राती पुर्णिमा मेला लागेको ठाँउमा समेत विवाद भएपछि सुत्न गएका घाइते धामीको घरमा रात्ति १ बजे तिर सोहि गाँउका मनोज धामि सहितको ७ जनाको समूह गई शिक्षक धामीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। सोरुकोटबाट भिई गाँउमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए।

केहि दिन अघि मात्र नेकपा कै कार्यकर्ताले रेडियो श्रीनगर एफएम मुगु सम्वाददाता खेमराज बुमीलाई पनि कुटपिट गरेपछि घाईतेका दाई सहित पत्रकार खेमराज जिल्ला सदरमुकाममा जाहेरी गर्न आएका थिए। दाई सदरमुकाम मै रहेको बेला भाईलाई कुटपिट गरिएकोले अगाडीको घटनालाई प्रभावित बनाउन भाईलाई कुटपिट गरिएको हुनसक्ने आकलन गरिएको छ।

यसैबीच, नेपाल शिक्षक संघ मुगुले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै घटनाको निन्दा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *