जनकपुरको रामानन्द चोकमा बेवारिसे झोलाले यसरी दियो तनाव
तस्वीरः सेन्चुरी टाइम्स
काठमाडौं। बुधबार भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदा धनुषाको जनकपुरमा दीपावली गरियो। जानकी मन्दिरलगायतका ठाउँहरुमा भजन कीर्तनसहितको दीपावली भइरहँदा जनकपुरको रामानन्द चोकमा एक बेवारिसे झोला देखियो। सो शंकास्पद झोलमा विस्फोटक पदार्थ हुनसक्ने आशंकामा प्रहरीले सेनालाई खबर ग्रयो। साँझको समयमा प्रहरीको सूचना पाएपछि सेनाको बम डिस्पोज टिम त्यहाँ पुग्यो।

सेनाले सो झोला निरीक्षण गरी डिस्पोज गरेको छ। डिस्पोज गर्दा सो झोलामा पुराना लत्ताकपडामात्र फेला परेको जनाइएको छ। धनुषा प्रहरीका एक अधिकृतले फोनमा डिसी नेपालसँग भने, ‘शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरेका थियौं। सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment