आज साउन २२ गते, कस्ताे रहला आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२२ साउन २०७७ ७:१३

वि.सं.२०७७ साल साउन २२ गते बिहीबार ।सन् २०२० अगष्ट ०६ तारिख ।  प्रमादी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । चन्द्रमा कुम्ब राशिमा। काठमाडौंमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी १३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) महत्वपूर्ण कार्य सम्पन्न हुने छ।  आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने याेग छ।  माया प्रेमको डोरो कसिलो हाेला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ ।गन्नेमान्ने मान्छेबाट भरपुर सहयोग प्राप्त हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  ईज्जत प्रतिष्ठा बढेर जानेछ। आम्दानी कम हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धन सम्पति हराउने तथा चोरिने सम्भावना रहेकोछ। व्यावसायमा भनेजस्तो आम्दानि नहुन सक्छ।  सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मिष्ठान्न भाेजन र रमाइलाे यात्रा हाेला। खोजमुलक क्षेत्रमा समय बित्ने छ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा फाइदा हाेला।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  बिद्या तथा प्रतिश्पर्धामा नाम अग्र पंत्तिमा आउनेछ । साथिभाइसँग रमाइलाे गफ हाेला। मान्यजनबाट सहयाेग पाइने याेग छ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आकस्मिक धन,सम्पति लाभ हुने याेग छ। सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग गर्ने छन्।  बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने याेग छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  औषधि उपचार खर्च बढेर जानेछ। यन्त्र तथा उपकरणको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  छोटो दुरिको रमाईलो यात्राको याेग छ। अध्ययन तथा अध्यापनमा मन जाने छ।  प्रविधिको प्रयोग सकारात्मक हाेला।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुने छ ।  मांगलिक तथा सभा समारोहमा सहभागि भईएला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ। पढाई लेखाईमा अवरोधको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या आईपर्ने छ । पठनपाठनमा मन जाने छैन। बिदेशमा बसेर काम गर्नेहरुकाे प्रशस्त आम्दानी हाेला ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *