मिर्चैया नगरपालिकामा मिर्चैयामा लकडाउन

डिसी नेपाल
२२ साउन २०७७ ९:०८

लहान। सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए। नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ।

यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन्। होम आइसोलेसनमा बस्नुभएका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका छन्।

ती दम्पतीले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताए।

भारतबाट परिवारसहित फर्किएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो।

ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आउनुभएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *