अमेरिकी डलर घट्दै, यूराे र स्टर्लिङ बढ्दै (सूचिसहित)

डिसी नेपाल
२३ साउन २०७७ ७:३८

काठमाडौं। अमेरिकी डलरको मूल्य लगातार घट्दो क्रममा रहेको छ। बुधबार ११९ रुपैयाँ ७९ पैसामा कारोबार भएको अमेरिकी डलर शुक्रबारसम्म पुग्दा ११९ रुपैयाँ ६० पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६० पैसा रहेको छ। यस्तै, अमेरिकी डलर १ को विक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ।

यूरोपीयन यूरो शुक्रबार बढ्ेको छ। गत मंगलबार १४० रुपैयाँ ४६ पैसामा कारोबार भएर शुक्रबारसम्म आइपुगदा यूरो १ को खरिददर १४१ रुपैयाँ ७१ पैसा पुगेको छ। विक्रिदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५७ रुपैयाँ ४६ पैसा, विक्रीदर १५८ रुपैयाँ २५ पैसा रहेको छ। अमेरिकी आएको गिरावटसँगै पाउण्ड स्टर्लिङको मूल्य बढेको हो।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८६ पैसा, विक्रीदर ८६ रुपैयाँ २९ पैसा, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८९ पैसा, विक्रीदर ३२ रुपैयाँ ०५ पैसा, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा, विक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा, विक्रीदर ३२ रुपैयाँ ७२ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ ५५ पैसा, विक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *