सिरहाका २३ वर्षका युवकको कोरोनाबाट मृत्यु

डिसी नेपाल
२३ साउन २०७७ ११:००

काठमाडौं। कोरोना संक्रमणबाट सिराहामा एक जना युवकको मृत्यु भएको छ। २३ वर्षीय युवकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

दुवै मृगौला फेल भएका ती युवकलाई २१ गते उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यसअघि उनलाई जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनको डायलासिसकै क्रममा ती युवकको मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *