सुनको मूल्य १ तोलाको १ लाख ३ हजार ५ सय

डिसी नेपाल
२३ साउन २०७७ १२:०३

काठमाडौं । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ।

बिहीबार प्रतितोला एक लाख २ हजार ५ सय मा कारोबार भएको पहेँलो धातुमा शुक्रबार १ हजार १ सयले वृद्धि भएको छ। बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य १ लाख ३ हजार निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य ६० ले बढेको छ। १ तोला सेतो धातुको मूल्य शुक्रबार १ हजार ४ सय ५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४ सयले बढेर ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २६१.५१ अमेरिकी डलर र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *