राजा महेन्द्रको रिसले कांग्रेसद्वारा सैनिक व्यारेकमा सशस्त्र हमला

डिसी नेपाल
२४ साउन २०७७ ६:४५

२००३ सालमा जन्मिएको नेपाली काँग्रेस पार्टीले बाह्र वर्षको उमेरमा नै नेपालको राजनीतिमा एक छत्र राज कायम गरेको थियो भन्ने प्रमाण हो २०१५ सालको आम निर्वाचन।

१०९ निर्वाचन क्षेत्रमा ७४ स्थानमा विजय हासिल गरेर प्रतिनिधिसभाका दुई तिहाइ स्थान कब्जा गरेको थियो नेपाली काँग्रेस पार्टीले। सो ७४ सिट मध्ये एक सिटमा निर्वाचन क्षेत्र नं ७२ (बर्तमान तेह्रथुम जिल्ला) बाट ( नेपालमा २०१९ सालमा ७५ जिल्ला कायम गरिँदा तेह्रथुम जिल्ला बनेको हो) तेह्रथुम म्याङगलुङका नेपाली काँग्रेस पार्टीका उम्मेदवार तेजमान तुम्वाहाम्फे विजयी हुनुभएको थियो।

सो निर्वाचन क्षेत्र अन्तर्गत छथर, म्याङगलुङ फेदाप र आठराई क्षेत्र पर्थे। आठराई क्षेत्रमा २००७ सालमा क्षेत्री–वाहुन र लिम्बू बीच ठूलै बिग्रह भएको थियो तर पछि मेलमिलाप भएपश्चात भने सम्बन्ध सुमधुर हुन गई सामाजिक गतिविधिमा राम्रो प्रगति हुँदै गएको थियो। फलत १४–१५ साल सम्ममा अर्थात ७–८ वर्षको छोटो अवधिमै ४ वटा हाई स्कुल र साथै केही मिडिल तथा प्राइमरी स्कुलहरुको स्थापना गरी अन्य क्षेत्रका तुलनामा आठराईबासीले आठराईलाई अव्बल दर्जाको बनाइसकेका थिए।

आम निर्वाचनको माहोल बन्दै जाँदा आठराईमा शुरुमा नेपाली काँग्रेस पार्टीकै मात्र नाम सुनिन्थ्यो। बिस्तारै गोरखा परिषद नामको पार्टीको पनि नाम सुनिन थाल्यो। आठराईका प्राय सबै लिम्बू क्षेत्री वाहुनहरु नेपाली काँग्रेस समर्थक थिए तर फेदाप,म्याङगलुङ र छथर सम्मनै प्रभाव पार्न सक्ने व्यक्तित्व भएको नेता आठराईमा तयार भइसकेको अबस्था भने थिएन।

तीनवटै क्षेत्रको साझा उम्मेदवारले मात्र चुनाव जित्न सक्ने हुँदा आठराईका मानिसहरुले म्याङगलुङका तेजमान तुम्वाहाम्फेलाई नेपाली काँग्रेस पार्टीको उम्मेदवारमा समर्थन गरेर चुनाव जित्ने सुनिश्चित गरिदिएका थिए।

नेपाल र सिक्किमको सिमाना जोडिएको च्याङ्थापुमा रहेको नेपाली सेनाको सैनिक टुकडीको ब्यारेकलाई काँग्रेसी सेनाले तहस नहसै पारी थुप्रै सरकारी सेनाको हत्या गरेर एक प्रकारले पुर्वी पाहाडमा सशस्त्र बिद्रोहको सफलताको उद्धघोष नै गरेको थियो। यसबाट आठराईका काँग्रेसहरुमा पनि उत्साहत जागेको बुझिन्थ्यो तर काँग्रेसी सेनालाई प्रत्यक्षरुपमा सहयोग गर्न सक्ने अबस्थामा भने थिएनन्।

तर पछि गोरखा परिषद पार्टी ( गोरखा परिषद पार्टी लाई राणाहरुको पार्टी भनिन्थ्यो) बाट रणधीर सुब्बा ( लिम्बू ) उम्मेदवार भएर आएपछि साथै ब्यक्तित्वको पक्षलाई हेर्दा उनी नेपाली कांग्रेसका उमेद्वार तेजमान तुम्वाहाम्फे भन्दा प्रभावशाली, धनी एवं विद्वान पनि भएका हुँदा आठराई क्षेत्रका लिम्बू समुदायका साथै क्षेत्री वाहुन मतदाताको मत एकोहोय्राए भने त चुनाव जित्ने पो हुन् कि भन्ने सम्भावना देखिएबाट आठराई क्षेत्रमा रणधीर सुब्बाको भोट काट्न लिम्बू समुदायबाट आठराई ईवाका काजिमान कन्दङ्वा र छेत्री वाहुन समुदाय बाट आठराई निगुरादिनका गणेशबहादुर प्रसाईँलाई स्वतन्त्र उमेद्द्वार बनाई नेपाली काँग्रेसका उमेद्द्वार तेजमान तुम्बाहाम्फे चुनावमा विजयी बनेका थिए। यस विजयलाई आठराईबासीले आफ्नै विजय मानेका थिए।

यस प्रकारले मूल्यांकन गर्दा २०१५ सालमा आठराईलाई नेपाली कांग्रेसको गडकै रुपमा लिन सकिन्छ। त्यसबेला आठराईमा स्थानीय राजनीतिमा स्कुलका शिक्षकहरुको ज्यादै महत्वपूर्ण भूमिका रहेको पाइन्थ्यो। समाज शिक्षित नभएको अवस्थामा शिक्षकहरु नै समाजका पथप्रदर्शक मानिन्थे। जहाँसम्म मलाई लाग्छ २०१५ सालको आसपाससम्म आठराईका सबै स्कुलका नव्बे प्रतिशत शिक्षकहरु नेपाली कांग्रेस समर्थ नै थिए होलान्।

तर २०१७ साल पुष १ गते तत्कालीन राजा महेन्द्रले संसद बिगठन गरी देशको शासन आफ्नो हातमा लिएपछि भने देशको अन्य भागजस्तै आठराई पनि चुपचाप नै रह्यो । पार्टीगत राजनीतिक गतिविधमा बन्देज लाग्यो । तर काँग्रेस पार्टी चुप लागेर बसेन। २०१८ सालमा भारतको सहयोगमा हतियारै उठाएर बिद्रोह शुरु गर्यो। आठराईपूर्वका ताप्लेजुङ पाँचथरको केही सरकारी अड्डामा नेपाली काँग्रेसका सेनाले हमला गरी आफ्नो कब्जामा लिए भन्ने हल्ला पनि चलेको थियो।

नेपाल र सिक्किमको सिमाना जोडिएको च्याङ्थापुमा रहेको नेपाली सेनाको सैनिक टुकडीको ब्यारेकलाई काँग्रेसी सेनाले तहस नहसै पारी थुप्रै सरकारी सेनाको हत्या गरेर एक प्रकारले पुर्वी पाहाडमा सशस्त्र बिद्रोहको सफलताको उद्धघोष नै गरेको थियो। यसबाट आठराईका काँग्रेसहरुमा पनि उत्साहत जागेको बुझिन्थ्यो तर काँग्रेसी सेनालाई प्रत्यक्षरुपमा सहयोग गर्न सक्ने अबस्थामा भने थिएनन्।

आठराईको संक्रान्ति बजारमा प्रत्येक महिनाको १ गते बजार लाग्ने गर्दथ्यो। यसै क्रममा २०१८ साल माघ १ गतेमा लाग्ने बजारका दिन अराष्ट्रिय तत्वहरुले (काँग्रेसका सेनालाई गाउँमा अराष्ट्रिय तत्व भनिन्थ्यो) संक्रान्ति ठानामा हमला गर्ने रे भन्ने गाउँभरि ब्यापक हल्ला चलेको थियो। तर ठानाले सो दिन बिहानैदेखि बाटाका नाका नाकामा पुलिस राखेर बजार लाग्नै नदिएको हुँदा उनीहरुको योजना सफल हुन सकेन । केहीपछि काँग्रेसले सशस्त्र बिद्रोह नै बन्द गर्यो।

अब २०१९ सालमा निर्दलिय पन्चायती व्यबस्था लागू गरिएपछि स्थानीय नेतृत्व तहमा रहेका काँग्रेसहरु बिस्तारै पन्चायतमै प्रवेश गर्दै गए भने केही भने आठराईबाट झापा, धरान, सुनसरी र मोरङ बिराटनगरतर्फ गए।

यसरी आठाईमा २०१५ सालमा जल्दो बल्दोरुपमा रहेको नेपाली काँग्रेस २०२०—२२ सालसम्म आइपुग्दा रक्षात्मक अबस्थामा रहन गयो। समाजको सतहको राजनीति ब्यवस्थामा पन्चायतको हालिमुहाली भए पनि स्कुल र कलेजका कारण समाजको भित्री सतहमा भने बिस्तारै वामपन्थी राजनीतिको प्रभाव पनपनाउँदै गएको थियो।

स्कुल र कलेजका नेपाली काँग्रेस समर्थक केही शिक्षकहरु पनि बिस्तारै अन्यत्रै लाग्न थालेका हुँदा समग्र आठराईको शैक्षिक क्षेत्रको राजनीतिमा वामपन्थी बीचारधाराले प्रभाव पार्दै लगेको पाइन्छ। समाजका जनसमुदायको बाहिरी सतहमा पन्चायती व्यबस्थाको प्रभाव भएपनि शिक्षण संस्थाहरुमा भने पन्चायती व्यबस्थाप्रति नकारात्मक धारणा नै थियो।

यस नकारात्मक धारणा एवं भावनालाई समाजमा उदाउँदै गएको युवा एवं शिक्षित वर्गलाई क्यास गर्ने कार्यमा वामपन्थी समुहले नै अग्रसरता लिँदै गएको हुँदा प्रजातन्त्रवादीहरु पछि पर्दै गएको स्पस्टै देखिनआउँछ।

निर्दलीय व्यबस्था भएपनि गाउँ, जिल्ला, अन्चल केन्द्रमा बिभिन्नतहका राजनैतिक पदका लागि निर्वाचन त हुन्थ्यो नै। यसैले आठराईका वाम समर्थकहरुले जनपक्षीय उमेदवारका नाममा चुनावमा भाग लिएर आठराईका बिभिन्न गाउँ पन्चायतहरुमा आफ्नो प्रभाव बढाउँदै लगेको थियो।

चुनावलाई उपयोग गर्ने नीतिलाई काँग्रेसले पनि उपयोग गरेर थोर बहुत सफलता पनि हात नपारेको भने होइन। तर नेपाली काँग्रेसका आठराईका ठूलाखाले नेताहरु गाउँमा नबस्ने चुनावताका मात्र गाउँमा पुग्ने हुनाले जनताको विश्वास जित्न सँधै असफल नै रहे ।

पन्चायती ब्यवस्थाका लागि दुवै समूह अपाच्यै भएपनि स्थनीय राजनीति परिचालनका लागि तिनै समूहलाई साथ लिएर चल्नु पर्ने बाध्यता पन्चायतलाई थियो। यसैक्रममा सरकार कहिले वाम समूह त कहिले प्रजातन्त्रवादी समुहलाई च्याप्तै र थिच्तै गर्दथ्यो।

यसै क्रममा २०३० को आसपासमा आठराईका वामपन्थी उपर सरकारले कडा दमन नीति लिएको थियो। यो समयलाई प्रजातन्त्रवादी समुहले सदुपयोग गर्नसकेको भए आठराईमा काँग्रेस समूहअगाडि आउन सक्थ्यो तर सो हुन सकेन।

आठराईमा सरकारले चलाएको बामपन्थी सफÞाया अभियानले खासै सफलता हासिल गर्न भने सकेन। जनमत सँग्रहपछि पनि आठराईमा काँग्रेस खासै सम्हालिन सकेन। यसको खासकारण स्थानीय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेता नै कोही भएनन्।  आठराईको राजनीतिमा पार्टी कार्यकर्ताको भन्दा विद्यार्थी र शिक्षकको गतिविधिले अहँ भूमिकाले खेल्थ्यो। यसमा काँग्रेस समर्थक शिक्षक एवं विद्यार्थी त्यति सकृय हुनै सकेनन्।

घिटीघिटी भएर आठराईमा बाँचिरहेको काँग्रेस २०४६ सालको परिबर्तनपछि केही मात्रामा जुरमुराउन खोजेर गिरिजाप्रसाद कोइरालालाई तेह्रथुम बहुमुखी क्याम्पस आठराई चुहाण्डाँडामा भ्रमण गराउनसम्म सफल त भयो तर सोचे बमोजिमको पार्टीगत राजनीति सफलता भने प्राप्त हुन सकेन। वाम समूहले यस भ्रमणको खुलेरै बिरोध गरेको थियो।

झन दश बर्षे विद्रोहले त सिंगो आठराईलाई आर्थिक भौतिक सामाजिक शैक्षिक राजनीतिक सबै क्षेत्रमा तहस नहस नै पारेको थियो। बर्तमान समयमा पनि आठराईमा नेपाली काँग्रेसको राजनीति रक्षात्मक अबस्थामा नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *