कुर्सीभन्दा माथि कोही भएनन् (कविता)

डिसी नेपाल
२४ साउन २०७७ ७:४८

देश हाँक्छु भन्ने गिद्धहरु कुर्सी भन्दा माथि, कोही भएन।

विश्वाश गर्न सुहाउँदो अब बाँकी, कुनै नेता रहेन।

कुण्ठा छ यो मनमा पनि, अनि देशको बिछट्टै माया पनि।

बेलगाडी मै हाक्छु जस्तो लाग्छ तर दुर्भाग्य मेरो पनि।।

भएको एउटै त्यो थोत्रो साइकल बानाउछु भन्दा–भन्दा अस्ताँउन लागि सके।

घडीको सुई यस्तै, चलिरहने हो भने, अब यो देशमा धेरै घरहरु रित्तिनेछन्।

बुढा बाहरु, छोरा फर्कने दिन कुर्दा–कुर्दा जंगल पस्नेछन्।

देश चलाउँछु भन्नेहरुलाई कपाल सेतै पकाएर एक्लै रुनेहरुको लागि भविष्य बनाउँछु भन्दै अघि बढ्नेहरुको लागि एक–रत्ति सहानुभूतिसम्म छैन।

आजको यो गल्तीले भोलिको नोक्सान, सोच्नैसम्म फुर्सद छैन।

बुढी आमा एक्लै गाउँमा के गर्दै होली

आजको बालकहरु यस्तो वातावरणमा के

सिक्ने होला कसैलाई थाहा छैन।

सबैलाई आ–आफ्नै मतलब

जस्तो गाडि हाक्नेलाई यात्रु जुटाउन कै मतलब

त्यस्तै व्यापारीलाई नाफा उठाउनकै।

जेट प्लेन उडाउनेहरुलाई आफ्नै मात्र उडाउ जस्तो।

नेताज्यू कुर्सी र पदको निम्ति पार्टी फुटाउ जस्तो।

कस्तो हो कस्तो यो देशमा कहाँ–कहाँ, के–के नमिलेको जस्तो।

हामीलाई भने सधै यो देशको चिन्ता विन्ति छ नेताज्यूहरु

मलगायत करोडाैं हामीहरुको दश औला जोडी विन्ती छ।

जहिले जत्ति भ्रष्टहरुको साथ दिए पनि चप्पलको फित्ता दश ठाउँ चुडिए पनि।

यो संकटको घडीमा जुटेर लडौं ।

अन्ततः हामी सबै एउटै एक भएरै बढाैं।

ज–जसले कुर्शी पाए पनि नपाए पनि।

सँगै हामी रहे अन्त्यमा हाम्रै जीत हुनेछ।

अनि यो जीतमा सारा नेपाली रम्नेछन्।

आज कसैले अहंकार नतोडे

आफू चिन्ते स्वभाव नछोडे

भोलि आउनेछ यो दिन।

आखिरमा, अनि भन्नुपर्ला सबैले देश छोडे।

ज–जस्को हात गोडा लाग्छ।

देश भक्ति तोडे।

बैँश हुनेहरु परदेश लागे।

त्यसैले त गाउँका धेरै बा–आमा एक्लो बने।

मर्दा काँध दिने छोरासम्म भएन।

चाउरी परेकाहरु सकी–नसकी आ–आफ्नाे चिहान आफ्नै खन्न लागे।

ढिला हुन लाग्यो

उठ न अब उठ

जनताले चुनेका जनप्रतिनिधि ज्यूहरु

शासन जिम्मा लिएर बसेका जिम्मेबार मानवरुपी दानबहरु उठ अब,

नसुत सबै एक भएर जुट स्वार्थी बनी फुट्दै–नफुट।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *