भुवनलाई रचनाले दिइन् उत्तर: ‘यस्तो माया गर्छु’को जवाफमा ‘त्यस्तो माया गर्छु’

डिसी नेपाल
२४ साउन २०७७ २३:४०

काठमाडौं। नेपाल आइडलको तेस्रो सस्करणको अडिसन राउण्डदेखि नै अत्याधिक समर्थन पाएकी गायिका रचना रिमाल नेपाल आइडलबाट बाहिरिने बित्तिकै संगीत सिर्जनामा त्यतिकै व्यस्त भएकी छिन् । आइडलबाट बाहिरिएसंगै हालसम्ममा उनले दर्जनौ गीत रेकर्ड गरिसकेकी छिन् । त्यसमध्ये धेरैले चर्चा पनि पाएका छन् । शिशिर भण्डारीको ‘फोटो फिरिममा’ भन्ने गीत उनको चर्चाको शिखरमा पुगेको मध्येको एउटा गीत हो ।

यहीक्रममा उनको पछिल्लो गीत ‘त्यस्तो माया गर्छु तिमीलाई’ भन्ने गीत डाइनामिक नेपाल नामक च्यानलमार्फत यूट्युबमा सार्वजनिक भएको छ। रिप्लाई भर्सनको रुपमा आएको यो गीतमा बाबु आचार्यको शब्द र मुस्कान बलाम्पकीको संगीत रहेको छ। साथै बिष्णु अधिकारीले संगीत संयोजन गरेका छन्।

प्रकाश स्पर्श को शब्द तथा भुवन अधिकारीको आवाजमा रहेको ‘यस्तो माया गर्छु तिमीलाई’ भन्ने गीतको रिप्लाई भर्सनको रुपमा आएको यो गीत कर्णप्रीय लाग्छ।

सुन्ने हैन हेर्ने गीतको जमाना आयो भनेर आरोप लागिरहेको समयमा यो गीतले त्यो आरोपलाई गलत साबित गरेको भान हुन्छ। शब्द संगीत र स्वरको उच्चतम संयोग रहेको यो गीतको म्युजिक भिडियो केही समयपछि सार्वजनिक गरिने यसका गीतकार बाबु आचार्य बताउछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *