आलोपालो प्रणालीमा सेवा दिन राष्ट्र बैंकको निर्देशन

डिसी नेपाल
२५ साउन २०७७ १७:१९

काठमाडौं। नेपाल राष्ट्र बैंकले आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आइतबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्मचारीको समूह बनाएर आलोपालोमा कार्यालय उपस्थित हुने र अन्य दिनमा घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

कोभिड—१९ को संक्रमण बढ्दै गएकाले बैंकहरुलाई व्यवसाय निरन्तरतासम्बन्धी योजना बनाउन समेत निर्देशन गरेको छ।

यसैगरी प्रदेश सरकार, स्थानिय तह र स्थानिय प्रशासनसँग समन्वय गरी शाखा संचालन गर्न र वैकल्पिक रुपमा आलोपालो गरी शाखा खोल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

यसैगरी सर्वसाधारणलाई विद्युतिय कारोबारमा प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

कोभिडको जोखिम बढ्दै गएको र सरकारले समेत सवारीसाधानमा जोर—विजोर प्रणाली लागू गरेकाले बैंकिङ सेवालाई व्यवस्थित गर्न निर्देशन जारी गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *