आज साउनकाे अन्तिम साेमबार, कस्ताे छ आजकाे दिन, हेर्नुहाेस राशिफल

डिसी नेपाल
२६ साउन २०७७ ६:५३

आज वि.सं.२०७७ साल साउन २६ गते सोमबार ।  सन् २०२० अगष्ट १० तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा मेषराशिमा । काठमाडौंमा सूर्योदय ०५ः३२ र सूर्यास्त बेलुकी ०६ः४४ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन शुभ रहेकाे छ। मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारीवारिक कठिनाइ हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  स्वास्थ्यमा समस्या आउनेछ । सरसामान हराउन र चाेरीहुन सक्नेछ सजक रहनु राम्राे हाेला । यात्रा कठिनाइ हुने हुँदा लामाे दुरीकाे यात्रा तय नगरेकै राम्राे।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । कृषिकाममा फाइदा हुनेछ । आम्दानीले गर्जो टर्नेछ । व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  निर्णय क्षमतामा बृद्धि हुनेछ ।   काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । नयाँ ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  भाग्य तथा समयले साथ दिनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा सामाजिक काममा रुचि लाग्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  अरूले तपाईँको आलोचना गर्न सक्छन् । काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  पारीवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  लामो समयदेखि रोकिएर बसेका काम बन्ने छन्।  स्वास्थ्यले साथ दिनेछ ।  प्रेममा एक अर्काको विश्वास जित्दा मन प्रशन्न हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  छोटो दुरिको यात्रा हुनेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।  महिला वर्गसँग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  छोटो दुरिको रमाईलो यात्रा गर्न सकिनेछ ।  नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।  बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *