इसेवा र बहराईन फाइनान्सिङबीच डिजिटल रेमिट्यान्स् सम्झौता

डिसी नेपाल
२६ साउन २०७७ १८:२४

काठमाडौं। बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा शुरु भएको छ।

यो सेवा शुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै एप्सबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन्।

पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *