कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु

डिसी नेपाल
२७ साउन २०७७ २२:००

कोहलपुर । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

भेरी अस्पतालमा भर्ना भएकी रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो । सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिएकी थिइन् । मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *