प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
२९ साउन २०७७ १९:५५

काठमाडौं । परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घ कार्यालय (युनोपस) ले नेपाल प्रहरीलाई रु ७० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युनोपस कार्यालय विशालनगरमा आज आयोजित कार्यक्रममा कार्यालयका देशीय निर्देशक चार्लेस क्यालननले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, कुवेर कडायतलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यालयले ५०० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), ५०० थान फेस सिल्ड, ५०० थान टोपी, ५०० थान कभर, ५०० थान सर्जिकल पञ्जा, पाँच हजार थान मास्क र पाँच हजार थान रबर पञ्जा सहयोग गरेको छ । यस्तै १६ लिटरको ५०० थान डिसइन्फेक्टेन्ट स्प्रे, एक हजार २०० लिटर डिसइन्फेक्टेन्ट लिक्विड र ५०० थान थर्मोमिटर गन पनि सहयोग गरिएको छ ।

कार्यक्रममा कार्यालयका देशीय निर्देशक क्यालननले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिइने बताए । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले आगामी दिनमा पनि नेपाल प्रहरी र कार्यालयको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *