कालिकोटमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु

डिसी नेपाल
३० साउन २०७७ ९:१९

काठमाडौं। कालिकोटको महावै गाउँपालिका–मा गएराति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। अवरिल वर्षापछि गएको पहिरोमा परी महावै गाउँपालिकाका गाउँसभा सदस्य ढकबहादुर विष्टका दुई छोरा र दुई छोरी र उनका दाजु वीरबहादुर विष्टका दुई छोरीको मृत्यु भएको महावै गाउँपालिकाका प्रमुख नन्दबहादुर सिंहले जानकारी दिए।

‘गएराति देखि परेको अविरल वर्षाका कारण गाउँपालिका सदस्य ढकबहादुर विष्टका दुई छोरा र दुई छोरी उहाँका दाजु वीरहादुर विष्टका दुई छोरीको मृत्यु भएको खबर आएको छ,’ गाउँपालिका प्रमुख सिंहले डिसी नेपालसँग भने, ‘अहिले हामी सदरमुकामबाट घटनास्थलतर्फ जाँदैछौं। ठाउँ ठाउँमा पहिलो गएका कारण घटनास्थलमा पुग्न सजिलो छैन।’

उनले घटनास्थल सदरमुकामबाट झण्डै १८ कोस टाढा रहेको जनाए। प्रहरीका अनुसार पहिरोमा परी १९ वर्षीया शान्ति विष्ट, १० वर्षीया रेशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *