बुटलवमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
३२ साउन २०७७ १५:०३

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आइतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बुटवलमा कुल संक्रमितको संख्या ५६ पुगेको छ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार तीन जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरू समुदाय स्तरका व्यक्ति हुन्। संक्रमण पुष्टि भएका दुई जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन्। यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एक जना अधिकृतमा संक्रमण पुष्टि भएको थियो।

यसैबीच कोरोना संक्रमण बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा आइतबारदेखि ६ दिनका लागि लकडाउन गरिएको छ । आजदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए।

नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, होटल, रेष्टुरेन्ट, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै आजदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *