No ads found for this position
No ads found for this position

कोरोना नियन्त्रण गर्न देशव्यापी निषेधाज्ञा जारी गर्ने तयारी !

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ भदौ २०७७ २२:२३
No ads found for this position

काठमाडौं। कोरोना संक्रमितको संख्या र मृत्यु दर लगातार बढेपछि सरकारले देश व्यापी निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ। कोरोना नियन्त्रणका विषयमा सोमबारको मन्त्रिपरिषदमा छलफल भएको छ। मन्त्रिपरिषदको बैठकमा कोरोना नियन्त्रणबारे व्यापक छलफल भएको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार कोरोना नियन्त्रणबारे मन्त्रिरिषद बैठकमा सहभागी सबै मन्त्रीहरुले आ आफ्नो धारणा राखेका थिए। मन्त्रिपरिषद बैठकमा सामान्यतया दोहोरो छलफल नहुने भए पनि कोरोनाको विषयमा व्यापाक छलफल भएको ती मन्त्रीले डिसी नेपाललाई बताए।

उनका अनुसार मंगलबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसाल्ने कुरा भएको छ। र सीसीएमसीको बैठकबाट देश व्यापी निषेधाज्ञाको सिफारिस हुने सम्भावना रहेको ती मन्त्रीले बताए। हाल विभिन्न जिल्लाहरुले सिमित क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएका छन्।

तर, कोरोना संक्रमितको संख्या भने लगातार बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ। सोमबार ५८१ जनामा संक्रमण पुष्टि भएको थियो। सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या १०८ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *