जनकल्याण कर्णालीको उत्कृष्ट सहकारी घोषित

डिसी नेपाल
१ भदौ २०७७ २३:४१

सुर्खेत। जनकल्याण बचत तथा ऋण सहकारी संस्था यस वर्ष कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको छ। सुर्खेतको वीरेन्द्रनगर –१ मा रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो।

नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ। आफ्नो ३३ औंँ स्थापना दिवसका अवसरमा यस पटक सो संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो। गत वर्ष जिल्लाको उत्कृष्ट घोषणा भएको जनकल्याण यस वर्ष भने प्रदेशस्तरमै उत्कृष्ट हुन सफल भएको छ। विसं २०५२ मा स्थापित जनकल्याणले निरन्तर रूपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ। संस्थाका दुई हजारभन्दा बढी सदस्य तथा कूल पूँजी रु १६ करोड छ।

संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको बताए। उनका अनुसार संस्थाले वित्तीय सेवाका अतिरिक्त एसएमएस, मोबाइल बैंकिङ र रेमिट्यान्स सेवासमेत उपलब्ध गराउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *