कोरोना संक्रमणबाट कांग्रेस नवलपरासी जिल्ला उपसभापतिको निधन

डिसी नेपाल
२ भदौ २०७७ १०:०८

काठमाडौं। नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नवलपरासी घर भएका ३८ वर्षका गिरीको पाटन अस्पतालमा मंगलबार विहान निधन भएको हो।

कोरोना पुष्टि भएपछि शुक्रबार एम्बुलेन्समार्फत पाटल अस्पताल ल्याइएको थियो। उनलाई आइसियूमा राखेर उपचार गरिएको तर मंगलबार विहान उनको निधन भएको पाटन अस्पतालमा रहेका कांग्रेस सांसद देबेन्द्रराज कँडेलले जानकारी दिए।

‘केही समय अगाडि बुटलवमा उनको पित्त थैलीको अपरेशन गरिएको थियो,’ कँडेलले डिसी नेपालसँग भने, ‘अपरेशन सफल भएपछि उनलाई घर ल्याइयो। त्यसको केही दिनपछि असहज महशुस भयो र उनलाई बुटवलमा रहेको युनिर्भलस मेकिल कजेलमा चेकअप गराइएको थियो, त्यहाँ उनलाई कोरोना पोजेटिभ पाइएको थियो।’

कोरोना पोजेटिभ पाइएपछि शुक्रबार उनलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको थियो। पाटल अस्पतालमा उनलाई अक्सिजन दिइएर राखिएको थियो।

सोमबार राति १२ बजेसम्म उनको स्वास्थ्य अवस्था ठिक रहेको तर मंगलबार विहान ६ बजे अचानक मुटुले काम गर्न छोडेपछि उनको मृत्यु भएको सांसद कँडेलले जनाए। लामो समय फोरम लोकतान्त्रिकको नवलपरासी जिल्ला समापति रहेका गिरी कांग्रेससँग एकता भएपछि उपसभापतिको जिम्मेवारीमा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *