कोरोनामुक्त भएपछि पूर्बमन्त्री भन्छन्: डर लुकाएँ, आत्मबल बढाएँ

डिसी नेपाल
२ भदौ २०७७ १०:४७
4
Shares

सदन सकिएपछि गाउँ जाने सोच गरेँ। कोरोनाको महामारी सबै तिर भएका कारण मैले पनि परीक्षण गरेरै जान उचित सम्झेँ र परीक्षण गराएँ। रिपोर्ट पोजेटिभ आए छ।

दुई पटक गरिएको परीक्षणबाट पोजेटिभ आएपछि मलाइ आइसोलेसनमा बस्नु पर्छ भन्ने कुरा आयो। मैले अस्पतालको स्थिति हेरेँ। घरमै बस्न उचित ठाँने र आइसोलेसनमा बसेँ।

मलाइ कुनै पनि समस्या नहुँदा नहुँदै डर जस्तो ‘फिल’ भयो। मानव स्वभाव हो डर ‘फिल’ हुनु, स्वभाविक पनि हो। पोजेटिभ छ भन्ने थाहा पाएपछि त खोक्दा पनि, हाच्छ्युँ गर्दा पनि, पखला लाग्दा पनि त्यसैको डर हुँदो रहेछ। न त्यही हो कि भन्ने लाग्दो रहेछ।

यी सबै कुरा हुँदा हुँदै पनि आफूले आफैलाई सम्झाएँ, सम्झेँ मलाइ समाजले दिएको जिम्मेवारी, अनि समाजले म प्रति गरेको अपेक्षा। सामान्यतः समाजले मन्त्री, सांसद भनेपछि हरेक कुरामा परिपक्क भन्ने सम्झन्छ। यसरी समाजले परिपक्क सम्झेपछि मैले आफूमा भएको डरलाई आफैले नियन्त्रण गरे बाहिर देखाइन।

परीक्षण गर्ने डाक्टरहरुले गल्ती गरे। मैले मलाइ कोरोना लागेको छ भन्ने थाहा पाउनु भन्दा पहिला नै सञ्चार माध्यामलाई भन्न भ्याएछन्। त्यसपछि त गाउँघरबाट रुँदै फोन गर्न थाले। हतोत्साहित बनाइदिए। मैले फोन स्वीच अफ नै गरेँ। ज्वरो बढ्थ्यो। अस्पताल जाउँ झैं त लाग्थ्यो तै पनि आफैले आफैलाई हरसम्भव सम्झाएँ।

हुन त प्रधानमन्त्री ज्यूलाई धेरैले गिज्याए (उडाए), उहाँले भनेको कुरालाई नकारात्मक तरिकाले टिप्पणी गरे पनि बेसार पानी एकदमै उपयोगी छ। मैले हरेक दिन विहान हदेलो (काँचो बेसार), लसुन र अदुवाको झोल बनाएर २/३ गिलास खाएँ।

समाजले पनि कोरोना संक्रमित हुनेहरुलाई हतोत्साहित बनाएको पाएँ। त्यसलाई त कोरोना लागेको छ। छिछि दुरदुर गर्ने। त्यस्तो भयो भने हरेकको आत्मवल खस्किनु स्वभाविक नै हो। मैले सबैलाई गर्ने अनुरोध भनेको कोरोना लाग्दैमा समाजले फरक व्यवहार गरिहाल्नु पर्छ भन्ने छैन। सामाजिक दुरी कायम राखेर हौसला दिनुहोस्। संक्रमितको मनोबल उच्च बनाई दिनुहोस्। हरेक संक्रमितले कोरोना जित्न सक्छन् यदि हौसला पाइयो भने।

सबै भन्दा ठूलो त हौसला नै हो। आत्मबल भन्दा ठूलो कोरोना जित्ने उपाए देखेको छैन। जव आत्मबल बलियो भएर आउँछ अनि रोग प्रतिरोधात्मक क्षमतामा विकास हुन्छ। कोरोनासँग पनि आत्मबलले लड्न र जित्न सकिन्छ भन्ने मेरो अनुभव हो। म त हरेक दाजुभाई दिदी बहिनीहरुमा एउटै अनुरोध गर्छु।

न आत्तिनुहोस्, मनोबल उच्च बनाएर राख्नुहोस्। घरमा वा अस्पताल जहाँ हुनुहुन्छ आफूलाई हरेक समय व्यस्त राख्नुहोस् ताकि तपाईँमा कोरोना छ भन्ने भावना जाग्दै नजागोस्। नाच्नुहोस्, गाउँनुहोस्, आफूलाई मन पर्ने कुरा गर्नुहोस्। तपाईँको कुनैपनि पलमा कोरोना लागेको भन्ने अवस्था नआओस।

हुन त प्रधानमन्त्री ज्यूलाई धेरैले गिज्याए (उडाए), उहाँले भनेको कुरालाई नकारात्मक तरिकाले टिप्पणी गरे पनि बेसार पानी एकदमै उपयोगी छ। मैले हरेक दिन विहान हदेलो (काँचो बेसार), लसुन र अदुवाको झोल बनाएर २/३ गिलास खाएँ।

बेलुका पनि यही प्रकृया दोहोर्याए। हाम्रो देशमा पाइने हरेक बनस्पतीमा औषधीय गुण छ भन्ने कुरा कसैले बिर्सनु हुन्न। अझ कर्णाली प्रदेशका दाजुभाइले पनि टिमुरपानी (टिमुर, बेसार, ज्वानो, लसुनलगाएत मसला हालेर बनाएको झोल) खानु पर्छ भन्ने लाग्छ।

मैले गरेको अर्को अनुभव भनेको कोरोनाको सर्ने तरिका। वैज्ञानिकहरुले बताएका सर्ने तरीकामा पनि अनुसन्धान पूर्ण भएको छ जस्तो लागेन। मैले सबै भन्दा बढी सतर्कता अपनाउँथे। अरुलाई पनि हात नमिलाउनु, टाढै बस्नु, मास्क लगाउनु जस्ता कुरा सम्झाई रहन्थे।

तर, मलाइ नै भयो। मलाइ भएपछि ट्रेसिङ गरिएका करिव ८ सय जनाको नेगेटिभ आयो। कर्णाली प्रदेश सभाका सांसद, कार्णालीका केही पत्रकार, मेरै स्वकीय सचिव, घरमा खाना बनाउने मान्छे सबैमा नेगेटिभ आयो।

सबैमा नेगेटिभ आउनु राम्रो पक्ष हो तर, मसँग सम्पर्कमा आएकाहरुकै पनि नेगेटिभ आउनुले छुँदैमा सर्दैन कि भन्ने लाग्यो। यो पाटो विज्ञहरुको हो यता धेरै नजाउँ।

खाने कुरामा मेरो अनुभवमा ‘भिटामिन सी’ प्राप्त हुने खानेकुरा धेरै खाएँ। कागती पानी लगाएतका कुराहरुले सहयोग गर्दो रहेछ। अनि शारीरिक व्यायाम पनि गरेँ। यो पनि अति आवश्यक रहेछ भन्ने लाग्यो। जसरी पनि शरीरलाई तातो गराएर राख्ने।

तातो शरीर भयो भने कोरोनालाई जित्नमा सहयोग पुग्दो रहेछ। मैले एकदिन चिसो पानी खाएँ। त्यो दिन साह्रो गाह्रो भयो। गला बस्ने, ज्वरो पनि बढेको हो कि झैं लाग्यो। तर अरुलाई भनिन।

अन्तमा आत्मबल एकदमै बढाउनु पर्यो। सके साबुन पानी उपलब्ध नभए खरानी पानीले हात हुनु पर्यो। तातोपानीले नुहाउने, सम्भव नभए तातोपानीले शरीर पुछ्ने। वाफ लिने, तातोपानी तताएर अलिकति भिक्स राखेर वा नभए पानीले मात्रै भए पनि वाफ लिने। यो काम धेरै गर्नु पर्छ। छुटाउनु हुँदैन। सामाजिक दुरी, मास्कको प्रयोग, सेनिटाइजर आदि कुराहरु त दैनिकी नै भइसके भन्ने लाग्छ।

पूर्वमन्त्री शाहीसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *