सालाकी श्रीमतीलाई अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्न खोज्दा…

डिसी नेपाल
४ भदौ २०७७ ११:३१

काठमाडौं। आफ्ना सालाकी श्रीमतीलाई अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्न खोज्दा एक व्यक्तिले आफ्नो ज्यान गुमाए नै श्रीमतीले पनि ज्यान गुमाउनु पर्यो । हरियाणाको फरिदाबादमा भएको २ जनाको हत्याको केस पुलिसले सुल्झाएको छ । पुलिसको जाँचमा भएको खुलासा अनुसार मृतकले सालाकी पत्नीलाई अश्लील भिडियो देखाएर ब्ल्यामेल गन खोजेपछि सालाले आफ्ना सालालाई हत्याको सुपारी दिएका थिए ।

फरिदाबादको जसाना गाउँमा भएको दम्पती हत्याकाण्डमा पुलिसले मृतक मोनिकाका साख्खै भाइलाई पक्राउ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । मोनिका र उनका पति सुखबीरको हातखुट्टा बाँधेर निर्मम तरिकाले हत्या गरिएको थियो । मोनिकाका भाइ ब्रह्मजीतले हत्याको सुपारी दिएको पाइएको छ । सुखबीरले ब्रह्मजीतकी श्रीमतीलाई उनका केही अश्लील भिडियो देखाएर ब्ल्याकमेल गरिरहेका थिए । यही ब्ल्याकमेलका कारण ब्रह्मजीतले आफ्ना साला विष्णुसँग मिलेर आफ्ना भिनाजु सुखबीरको हत्या गरेका थिए । सुखबीरको हत्या गर्दै गर्दा मोनिकाले आफ्ना भाइका साला विष्णुलाई चिनेपछि आक्रमणकारीहरुले मोनिकाको पनि हत्या गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *