रुसका विपक्षी नेतालाई विष दिइयो

डिसी नेपाल
४ भदौ २०७७ १७:४०

मस्को (एजेन्सी)। रुसका विपक्षी नेता एलेक्सी नवेलनीलाई बेहोस भएको अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। उनका प्रवक्ताले सायद उनलाई विष दिइएको बताएको बीबीसीले उल्लेख गरेको छ।

भ्रष्टाचार विरोधी नेता नवेलनी विमान यात्राका क्रमम विरामी भएका थिए। उनकी प्रवक्ता किरा यरमिशका अनुसार विमान ओम्स्कमा आपतकालीन ल्याण्ड गर्नुपरेको थियो।

अस्पतालले नवेलनीको अवस्था स्थिर रहेको बताएको छ। तर, अवस्था भने गम्भीर रहेको जनाएको छ। ४४ वर्षीय नवेलनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिन्छन्।

गएको जूनमा संवैधनिक सुधारका लागि भएको मतदानलाई उनले विद्रोह भनेका थिए र संविधानको उल्लंघन भनेका थिए। जनमतसंग्रहमा जितपछि पुटिन अरु दुई कार्यकालका लागि राष्ट्रपति बन्न सक्छन्।

एन्टी करप्शन फाउण्डेशनकी प्रेस सेक्रेटरी किरा यारामिशले ट्वीट गरेकी छन्, ‘आज बिहान नवेलनी मस्कोलदेखि टोम्स्क फिर्ता हुँदै थिए। उडानका क्रममा उनी विरामी भए। विमान ओम्स्कमा आपतकालीन ल्याण्ड गरियो।’

उनले एलेक्सी नवेनलीलाई चियामा विष मिसाएर दिएको आंशका गरेकी छन्। किनकी उनले बिहानबाट चियाबाहेक अरु केही खाएका थिएनन्। चिकित्सकहरुले विषालु पदार्थ तातो तरल पदार्थमा छिटै घुलेको बताएको यारमिशले बताएकी छन्। यारमिशका अनुसार नवेलनी बेहोस रहेको र उनलाई भेन्टिलेटरमा राखिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *