जसले पहिलो पटक कोरोना पोजेटिभ गर्भवतीलाई सुत्केरी गराएकी थिइन्, बिहे गर्न नमान्दा यी डाक्टरको हत्या
काठमाडौं (एजेन्सी)। भारतमा हालै एक होनाहार चिकित्सकको हत्या गरियो। त्यो पनि बिहे गर्न नमानेको भन्दै। ती हत्या गरिएकी चिकित्सक हुन भारतको उत्तरप्रदेशकी महिला चिकित्सक योगिता गौतम। एक चिकित्सकले नै उनको हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
डा. गौतमको हत्याले उनी कार्यरत उत्तरप्रदेशको आगरास्थित सरोजनी नाइडु अस्पतालका मेडिकल स्टाफहरु निकै दुःखी छन्। समाचारअनुसरा डा. योगिताले नै उत्तरप्रदेशमा पहिलो पटक कोरोना पोजेटिभ गर्भवती महिलालाई अप्रेशन गरेर सुत्केरी गराएकी थिइन्। र आमाको हातमा नवजात शिशु राखिदिएकी थिइन। उनै चिकित्सकको भने निकै निर्दयी ढंगबाट हत्या भएको छ।
जतिबेला डा. योगिताले कोरोना पोजेटिभ गर्भवतीलाई सुत्केरी गराएकी थिइन् त्यतिबेला संसार कोरोनासँग डराइरहेको थियो। यद्यपी अहिले पनि कोरोना महामारी जन खतरनाक ढंगबाट अगाडि बढिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment