नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा ९० दिनसम्म भिसा नचाहिने
काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा भम्रण गर्दाा ९० दिनसम्म भिसा लिनु नपर्ने भएको छ । बिहीबार नेपाल सरकार तथा इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गाबी अश्केनाजीले सम्झौतामा हस्ताक्षर गरेको दूतावासले जनाएको छ ।

सोही कार्यक्रममा राजदूत शाक्यले नेपालबाट ‘लर्न एण्ड अर्न’ मार्फत इजरायल पुगेका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई ‘एक्सपर्ट कन्सल्ट्यान्टुको रुपमा विकास गर्न सकिने सुझाव समेत दिएकी थिइन् ।

त्यसैगरी केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई लैजाने तथा रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment