टर्कीका राष्ट्रपतिले सुनाए ‘खुशीको खबर’, ब्ल्याक सीमा विशाल ग्यास भण्डार भेटिएको जानकारी
अंकरा(एजेन्सी)। टर्कीका राष्ट्रपतिले गत मंगलबार आगामी शुक्रबार देशवासीले खुशी खबर पाउने बताएका थिए। शुक्रबारको दिन पनि आयो राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले खुशी खबर पनि जनतालाई सुनाएका छन्। अन्तर्रँष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति रेचेपले टर्कीले हालसम्मकै ठूलो प्राकृतिक ग्यास भण्डार फेला पारेको जानकारी दिएका छन्।
ब्ल्याक सीमा गरिएको खनाईमा सो ग्यास भण्डार फेला परेको जानकारी दिइएको हो।
राष्ट्रपति रेचेपले आगामी २०२३ सम्ममा सो ग्यास भण्डारको उपयोग गरिनेसमेत जानकारी दिएका छन्। इन्सान्बुलमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति रेचेपले टर्कीको इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार खोजिएको जानकारी दिए। उनका अनुसार ३२० अर्ब क्युसेक मिटर ग्यास भण्डार फेला परेको हो। ब्ल्याक सीको टूना– १ कुवामा यो ग्यास भण्डार फेला परेको हो। राष्ट्रपति रेचेपले सो क्षेत्रमा अन्य कुवाको पनि खोजी गरिने जानकारी दिएका छन्।
राष्ट्रपतिले टर्कीलाई भूमध्य सागरबाट पनि खुशीको खबर प्राप्त हुने बताएका छन्। त्यहाँ पनि ग्यास भण्डारको खोजी कार्य भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment