चीन र पाकिस्तानसँग फेरि किन भारतले जनायो आपत्ति?
नयाँ दिल्ली (एजेन्सी)। चीन र पाकिस्तानले जारी गरेको एक सँयुक्त वक्तव्यपछि भारत फेरि चीन र पाकिस्तानसँग असन्तुष्ट बनेको छ। पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीको चीन भ्रमणपछि जारी गरिएको वक्तव्यमा चिनियाँ लगानीको चीन पाकिस्तान आर्थिक करिडोर (सिपेक) निर्माणलाई तदारुकता दिने विषय उल्लेख थियो।
सोही विषयलाई लिएर भारतले आपत्ति जनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिपेकको निर्माण हुने स्थानमा पाकिस्तानले अवैध कब्जा गरेको र त्यहाँ हुने कुनै पनि परिवर्तन भारतलाई अस्वीकार्य भएको बताएका छन्।
सिपेक चीनदेखि पाकिस्तानको ग्वादर बन्दरगाहासम्म बन्ने आर्थिक करिडोर हो। यो पाकिस्तान नियन्त्रित जम्मू कश्मीरको भूगोल हुँदै जानेछ। जसमा भारतको विरोध छ। खासमा भारत नियन्त्रित जम्मू कश्मिरलाई पाकिस्तानले भारतले कब्जा गरेको भन्ने गरेको छ भने भारतले पनि पाकिस्तान नियन्त्रित जम्मू कश्मीरलाई पाकिस्तानले कब्जा गरेको भन्ने गरेका छ।
जम्मू कश्मीरलाई दुबै मुलुकले भविष्यमा आफ्नो मुलुकमा गाध्ने लक्ष्य राखेका छन्। त्यसैले जम्मू कश्मीरको विषयलाई लिएर भारत पाकिस्तानबीच लामो तनाव जारी छ। भारत नियन्त्रित जम्मू कश्मीरलाई भारतले दुई केन्द्र शासित प्रदेशमा विभाजन गरेको छ भने उता पाकिस्तान नियन्त्रित जम्मू कश्मीरमा छुट्टै सरकार छ। जसमा प्रधानमन्त्रीसमेत छन्। तर, उनी स्वतन्त्र भने छैनन्। यद्यपी पाकिस्तानले यसलाई आजाद कश्मीर भन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment