मेडिकल माफियाको नयाँ साम्राज्य

डिसी नेपाल
८ भदौ २०७७ ९:०९

यस ग्रहको सर्वाधिक क्षमतावान अनि विवेकी प्राणी मानिसलाई सुस्तरी अहंकारले निर्दयी र अधर्मी बनाउँदै लगेको छ। भनिन्छ नि, लोभीहरुको शहरमा झुठाहरुले कहिल्यै भोकै मर्नुपर्दैन, त्यस्तै मानिसका शहरहरुमा लोभ, कुण्ठा र झुठहरुले धेरै प्रश्रय पाइरहेका छन्, आर्थिक लाभ र भौतिक सुख सुविधाले मानिसलाई सर्वाधिक धेरै आकर्षण गरिरहेको छ।

डाइनोसोरसको समयपछि अन्त भएको डाइनोसोरस राज अनि उदाएको होमोस्यापीयन्सको राजको पनि त कुनै एक्सपायरी डेट होला, के मानव अधिपत्यको अन्त मानव स्वयमको अहंकार त हैन? के मानवको लाभ अनि मानवता प्रतिको अनिष्ठा नै मानवको बिनाशको कारक त हुने छैन?  एउटा अंग्रेजी गीतको चर्चित हरफ छ, म यहीँवाट शुरु गर्छु आजको यो आलेख।

‘Laboratory sickness infects humanity

No hope to cure, die by technology’

अर्थात् प्रयोगशालामा बनाइएको संक्रमणले मानवतालाई असर गर्दछ, निको हुने कुनै छाँट देखिने छैन, प्रविधिले मारिनुपर्नेछ। आजको कोरोना समयले यो पुरानो गीतको पंक्तिलाई पूर्नब्याख्या गरेको अनूभूति हुन्छ, के कोरोना पनि विश्वलाई उपनिवेश बनाउने नयाँ हतियार या संयन्त्र हो र?

अचानक फैलिएको कोरोना भाइरसले भने विश्वभरि नै शक्ति र राष्ट्रवादको नयाँ स्वरुप प्रदर्शन गरेको छ। कोरोनापछिको विश्वमा देशहरुलाई क्यामोफ्लाउज पोशाकका सेनाको सख्यामा भन्दा सेतो कोट लगाउने चिकित्सक र स्वास्थकर्मीको संख्याको आधारमा, ट्यांकभन्दा भेन्टिलेटरको संख्याको आधारमा अनि परमाणु स्टेशनभन्दा अस्पतालको संख्याको आधारमा शक्तिशाली ठहर गरिन थालिएको छ।

न त कुनै हतियार न त सैनिक आक्रमण न त केही बिवाद केवल अदृश्य आक्रमणकर्ताको करह अहिले विश्वभरि नै रहेको छ। विकसित मानिएका मुलुकहरुलाई पनि घोषित र अघोषित लकडाउन गरी आफ्ना जनतालाई भाइरसको आक्रमणबाट जोगाउन हम्मेहम्मे नै पर्यो। अमेरिका, बेलायतजस्ता मुलुक जो आफैं अन्य देशलाई उपनिवेश बनाउँदै आफ्नो शक्ति र ब्यापार बिस्तार गर्न माहीर थिए उनीहरु नै नजानिदो तवरले आफै अदृष्य शक्तिको प्रहारबाट विक्षिप्त बन्न पुगेका छन्।

संक्रमित ह्वात्तै बढ्नु तर मृत्यु दर अन्य माहामारीको भन्दा कम हुनु सकारात्मक पक्ष भए तापनि बिश्वमा नै त्रास फैल्याई हाउगुजी बनाएर घर घरमा मानिस र जनतालाई बन्दी बनाउने प्रभावकारी प्रयास भने त्यो अदृष्य शक्तिले कौशलतापुर्वक गरेको छ भन्ने सहजै आकलन गर्न सकिन्छ।

आशा गरौं अब आउने कोरोनाको खोपमा दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा प्रभाव पार्ने तत्वसहितको योजना नहोस, यदि यस्तो भएमा प्रत्येक देशका प्रत्येक जनताहरु मेडिकल माफियाहरुको गुलाम हुनेछन्। देशमात्रै होइन समग्र जनता मेडिकल माफियाहरुको मुठ्ठीमा हुनेछन्। हामी उनीहरुको औषधिको अम्मली हुन सक्ने छौं, विश्वभरिका देश अनि प्रशासनको ध्यान त्यसतर्फ पनि जान जरुरी छ।

सामाजिक सञ्जालको मानव समाजमा प्रादुर्भाव भएपछिको यो पहिलो ठूलो महामारी हो।  सामाजिक सञ्जालमा भएका चाहिने नचाहिने जानकारीले त्रास र आश दुवैको खुब सञ्चार भइरहेको छ, यस संक्रमणका बारे जानकारी नभएका कोही छैनन्, तर्क नदिने कोही छैनन, ह्यासट्यागको बाढी छ, बिचारको पहिरो छ, फेसबुक र ट्वीटरका भित्ताहरु पोतिएका छन्, कोरोनाको क्लिनिकल भन्दा ननक्लिनिकल पाटो नै धेरै देखिन्छ।

काठमाडौंमा बानेश्वरमा रहेको सिभिल अस्पतालका चिकित्सकहरु बस्ने घरलाई स्थानीयले बिरोध जनाउदै खाली गर्न निर्देशन दिए, कोरोनाले यहँनेर मान्छेको एनाटोमीमात्र नभई मानवता पनि संक्रमित गराइसकेछ, प्रमाणित गरिदियो।

संक्रमितको सम्पर्कमा आउने हरेक ब्यक्तिलाई धेरै सजिलै सर्न सक्ने क्षमता भएको कारणले पनि यो भाइरसले मानिसलाई आतंकित बनाएको छ। भलै मृत्यु दर कम नै होस् तर पनि मानिसले आफ्नो स्वास्थ्यलाई थोरै पनि जोखिममा पार्न कदापि चाहँदैन।

संसारमा धेरै माहामारी प्रलय अनि थुप्रै यस्ता कठिन परिस्थतिमा हामी एक भएर लडेका थियौं तर यसपल्टको महामारीको उद्देश्य नै सबैलाई एक्ला एक्लै बनाएर अन्तर्राष्ट्रिय, राष्ट्रिय, सामाजिक अनि पारिवारिक एकतामाथि धावा बोल्ने खालको छ।

कोरोना भाइरस महामारीको कारणले मास्क, स्यानिटाइजर, औषधि तथा साबुन र ह्याण्डवास आदिको अत्याधिक खपत त बढेको छ नै। त्योभन्दा धेरै मात्रामा आरडीटी किट, पीपीई, पीसीआर मेसिन तथा सम्भाव्य कोरोना खोपको अत्याधिक मात्रामा व्यापार भएको वा हुन सक्ने सम्भावनालाई मजबुत पनि पारेको छ। आशा गरौं अब आउने कोरोनाको खोपमा दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा प्रभाव पार्ने तत्वसहितको योजना नहोस, यदि यस्तो भएमा प्रत्येक देशका प्रत्येक जनताहरु मेडिकल माफियाहरुको गुलाम हुनेछन्। देशमात्रै होइन समग्र जनता मेडिकल माफियाहरुको मुठ्ठीमा हुनेछन्।

हामी उनीहरुको औषधिको अम्मली हुन सक्ने छौं, विश्वभरिका देश अनि प्रशासनको ध्यान त्यसतर्फ पनि जान जरुरी छ। सकेसम्म कुनै पनि यस्ता अपरिचित रोगहरुका लागि भनी निर्यात गरिएका औषधिहरुको उपयुक्त विधिमार्फत चेक जाच गराई कमिशनको खेल नगरी सफा नियतका साथ देश र जनताप्रतिको जिम्मेवारीसमेत बोध गरी उपयुक्त छ कि छैन, छ भने के के कारणबाट उपयुक्त छ भन्ने निक्यौलसहित अनुमति दिनु वा रोक्नु पर्ने देखिन्छ।

एकातिर विभिन्न देशमा जनताहरु त्रसित भएर एक अर्कासँग दुरी कायम गरेर बस्नु पर्ने बाध्यात्मक अवस्था छ भने अर्कोतिर देशबाट ठूलो धनराशी मेडिकल सामाग्री खरिद गर्नका लागि विदेशिएको अवस्था छ तथापि भाइरस बिरुद्वको उपलब्धी भने हामीजस्तो विकासोन्मुख देशमा खासै मिल्न सकेको छैन।

यो भाइसले तेश्रो विश्वयूद्ध शंखनाद गरेको छ र यो विश्व युद्धमा जैविक हतियार प्रयोग भएको हो र यो हतियार नै कोरोना हो भन्ने तथ्य धेरै सुनियो, पढियो। के यो सत्य हो त? मेरा हिसाबमा म सत्य र असत्य दुबैलाई नकार्न सक्दिन, कोरोना पछि शक्तिराष्ट्र चीन र अमेरिका बीच दुरी बढेको छ।

हुन त यी दुवै देशहरु शीतयुद्धमा पहिल्यैदेखि छन्, यद्यपि कोरोना कन्स्पीरेसीमा सर्वाधिक प्रभावित अमेरिका र शुरुवात भएको देश चीनबीचमा यो थियोरी प्रमाणित गर्ने प्रशस्त प्रमाणहरु नभेटिने हैन। रणनैतिकरुपमा अमेरिकी राष्ट्रपतीय चुनावको संघारमा आएको कोभिड यसअघिको सार्स भाइरसको प्रजाति रहेको बताइन्छ, चीनमा भन्दा अमेरिकामा मृत्यु सख्या धेरै पनि छ। तर के साच्चै यो एउटा देशले अर्कोलाई प्रहार गरेको हतियार होला त? नहुन पनि सक्छ।

चीनमा पनि बास्तविकरुपमा भनिएको भन्दा धेरै मृत्यु भएको खबर छ, यद्यपि एकतन्त्रीय साशन प्रणाली भएको चीनमा भएका ग्राउण्ड जिरोको मृत्यु सख्याको तथ्य कसैसँग छैन। कुरा अमेरिका र पश्चिमा देशहरुको गरौं, आजभन्दा १०२ वर्षअघि अमेरिकामा आएको यस्तै फ्लु महामारीमा ६ लाख ७५ हजार मारिएको इतिहास छ। यसअर्थमा यस्ता फ्लु त हरेक शताव्दीमा आइरहने पनि हुनसक्दछ, यदि त्यसो हो भनें कोरोना केवल संक्रमण हो।

अवश्य पनि ओखती कम्पनीहरु अनि देशहरु यसको खोप बनाउन लागिपरेका छन्, जसले पहिला बनायो उसको शक्ति र ब्यापार बढ्ने निश्चित छ, अमेरिकी कम्पनी पिएफआर र जर्मन कम्पनी बायोनटेक यसको खोप बनाउन तल्लीन छन, हेरौं कसले बाजी मार्ने हो?

कोरोना भाइरसको महामारीले हामी हाम्रो रितीरिवाज, हाम्रो रहनसहन हाम्रो ब्यवहार सबै कुरामा परिवर्तन ल्याइदिएको छ। हजारौ बर्षदेखि चलिआएको बिस्केट जात्रा होस या हामीले मनाउँदै आएका बिभिन्न चाडपर्व नै हुन्, सबै कोरोनामय भएको छ। कोरोनाको परीक्षण गरेर संक्रमणमात्र पत्ता लाग्ने हो निको हुने होइन।

अहिले कोरोना संक्रमण नभएको ब्यक्तिमा स्वाव परिक्षण गरेर फर्किदा संक्रमण भइसकेको हुनसक्छ। त्यसकारण सबैभन्दा उत्तम जो जो जस्तो जस्तो अवस्थामा जुन जुन ठाउमा हुनुहुन्छ त्यही अवस्थामा त्यही ठाउ‘मा केही दिन बस्नुमै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *