आफ्नै दिदीले डोनाल्ड ट्रम्पको धज्जी उडाइन्, कडा आलोचना गरेको अडियो सार्वजनिक
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीको उनकै दिदी मेरिन ट्रम्प बेरीले कडा आलोचना गरेकी छिन् । अमेरिकाकी पूर्व संघीय न्यायाधीश रहिसकेकी मेरिनको एक अडियो रेकर्डिङ सार्वजनिक भएको छ जसमा मेरिनले ट्रम्पको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाएकी छिन् । रेकर्डिङमा उनले आफ्ना भाइ अमेरिकी राष्ट्रपति ट्रम्पको कुनै सिद्धान्त नै नभएको समेत बताएकी छिन् ।
मेरिन ट्रम्प बेरीका कुराहरुलाई उनकी भतिजी (डोनाल्ड ट्रम्पका दाजु फ्रेडरिककी छोरी) मेरी ट्रम्पले रेकर्ड गरेकी हुन् । यो रेकर्डिङ डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको श्रद्धाञ्जली सभाको एक दिनपछि सार्वजनिक भएको हो । हालै मेरीको ‘टू मच एण्ड नेचर इनफः हाउ माइ फेमिली क्रिएटिड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’ नामक पुस्तक बजारमा आएको थियो । मेरी ट्रम्पले आफूले यो रेकर्डिङ २०१८ र २०१९ मा गरेको बताएकी छिन् ।
एक रेकर्डिङमा ८३ वर्षकी मेरिन ट्रम्प बेरी भन्छिन् कि उनले २०१८ मा आफ्नो भाइले फक्स न्यूजलाई दिएको एक अन्तरवार्ता सुनिन् जसमा ट्रम्पले सुझाव दिएका थिए कि उनी बेरीलाई मातापिताबाट बिछोडिएका आप्रवासी बालबालिकाको मामिलाको सुनुवाइको लागि सीमानजिकै तैनाथी दिनेछन् । बेरीले भनिन् ‘यदि तपाइँ एक धार्मिक व्यक्ति हुनुहुन्छ र मानिसहरुको मद्दत गर्न चाहनुहुन्छ भने तपाइँ यस्तो गर्न सक्नुहुन्न ।
एक रेकर्डिङमा उनले भनेकी छिन् ‘उसका अनौठा ट्वीट र झुट, हे भगवान ! म कुनै दबाबबिना बोलिरहेकी छु । उसले बनाएका कहानीहरु, बिना तयारी जे पनि बोल्नु झुट हो ।’ रेकर्डिङमा उनले यो भनिरहेको पनि सुन्न सकिन्छ कि उनका भाइले आप्रवासीको विषयमा कहिल्यै उनको विचार जान्ने वा पढ्ने कष्ट गरेनन् । जब मेरी ट्रम्पले फुपुसँग सोधिन् कि उनले (ट्रम्पले) के पढेका छन् मेरिनले भनिन् ‘होइन, उसले पढ्दैन ।’ सबैभन्दा पहिले यो रेकर्डिङलाई वाशिङटन पोस्टले प्रकाशित गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment