कतारको दोहाबाट हिमालय एयरलाइन्सकाे ३१ अगष्टमा उडान हुँदै

डिसी नेपाल
१० भदौ २०७७ १५:५६

काठमाडौं । कतारको दोहाबाट काठमाडौका लागि हिमालय एयरलाइन्सको उडान तय भएको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार १७ अगष्टमा तय भइ स्थगित भएको उडान ३१ अगष्टमा हुने हो ।

यसरी स्वदेश फर्किने यात्रुहरुले कोरोना परीक्षण गरेको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट साथमा राख्नुपर्नेछ ।

यसअघि टिकट लिइसकेका यात्रु र राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी नाम प्रकाशित गरिसकेका यात्रुहरुले रिकन्फर्शेन र नयाँ टिकटका लगि सम्बन्धित एअरलाइन्सको ट्राभल एजेन्सीमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *