सोमबार नेपाल एयरलाइन्सले दोहाबाट उडान भर्ने

डिसी नेपाल
११ भदौ २०७७ १५:५५

काठमाडौं । कतारको दोहाबाट नेपाल एयरलाइन्सको उडान तय भएको छ ।

दोहास्थित नेपाली दूतावासका ३१ अगष्टमा (साेमबार) दोहाबाट काठमाडौका लागिे नेपाल एयरलाइन्सको चार्टर्ड जहाजले उडान भर्ने भएको हो ।

यसरी स्वदेश फर्किने यात्रुहरुले कोरोना परीक्षण गरेको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट साथमा राख्नुपर्नेछ । पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त निजी अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

यसअघि टिकट लिइसकेका यात्रु र राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी नाम प्रकाशित गरिसकेका यात्रुहरुले रिकन्फर्शेन र नयाँ टिकटका लगि सम्बन्धित एअरलाइन्सको ट्राभल एजेन्सीमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

हवाइ भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १४ सय ३० कतारी रियल लाग्नेछ ।

त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फारम भरी त्यसबाट प्राप्त हुने फाराम प्रिन्ट गरेर आफ्नो साथमा राख्न समेत दूतावासले अनुरोध गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *