पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु, ९ महिनामा त्यहाँमात्रै १२ नेपालीले ज्यान गुमाए

डिसी नेपाल
१३ भदौ २०७७ १३:०६

काठमाडौं । पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु भएको छ । स्याङ्जाकी ३२ वर्षीय रेनुका पौडयाल खनालको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको हो । विगत १ बर्षदेखि पोर्चुगलको लिस्बनमा बस्दै आएकी पौड्याल स्तन क्यासरबाट पीडित थिइन् । उनको लिस्बनस्थित साउ जोसे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक रेनुकाका श्रीमान र एक वर्षीय छोरी पोर्चुगलमै छन् । १० वर्षीय एक छोरा भने नेपालमा नै अध्ययनरत छन् । रेनुकाको निधनप्रति एनआरएनए पोर्चुगलले दुख व्यक्त गरेको छ । अध्यक्ष तिलक गैरेले एक शोक वक्तव्य जारी गर्दै समवेदना व्यक्त गरेका हुन् । उनका अनुसार परिवारसँगको सल्लाह र सहमतिमा रेनुकाको शनिबार पोर्चुगमलै दाहसंस्कार गरिँदैछ ।

९ महिनाको अवधिमा १२ नेपालीको मृत्यु

पोर्चुगलमा ९ महिनाको अवधिमा १२ नेपालीले मृत्युवरण गरेका छन् । एनआरएनए पोर्चुगलका अनुसार ९ महिनाभित्रमा रेनुकासहित १२ जना नेपालीले विभिन्न कारणले ज्यान गुमाएका हुन् ।

२०१९ को डिसेम्बरदेखि अहिलेसम्म १२ जना नेपालीको ज्यान गएको एनआरएनए पोर्चुगलको तथ्याङकले देखाउँछ । यो ९ महिने अवधिमा नुवाकोटका नबिन कुमार पाठक, कास्कीका तोरण बहादुर थापा, राजु बस्नेत, सिदार्थ गुरुङ, धादिङका श्याम वाइवा तामाङ, कमल वाइबा तामाङ, प्रेमबहादुर तामाङ, म्याग्दीका दिपक बानीयाँ, गणेश बानीयाँ र पर्वतका रमेश बहादुर रेग्मीको मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *