मलेसियाबाट ४८० नेपाली स्वदेश आइपुगे, थाइलायण्ड र मलेसियाबाट २ शव पनि ल्याइयो

डिसी नेपाल
१४ भदौ २०७७ १७:३६

काठमाडौं। कोरोनाका कारण मलेसियामा समस्यामा परेका नेपाली फर्काउन आइतबार पनि ३ वटा  चार्टर्ड उडान भएका छन्। आइतबार मलेसियाबाट विभिन्न एयरलाइन्सका उडानमार्फत ४८० जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार नेपाल एअरलाइन्सको  जहाजमार्फत १५१ जना, हिमालय एअरलाइन्सको जहाजमार्फत १५६ जना र विदेशी कम्पनी मलिन्दो एयर लाइन्सको जहाजमार्फत १७३ जना नेपाली काठमाडौँ ओर्लिएका हुन्। हिमालय एयरलाइन्सको जहाजले मलेसियामा रोजगारीको क्रममा ज्यान गुमाएका एक नेपालीको शव समेत ल्याएको छ।

आइतबारै थाइल्याण्डबाट श्री एयरलाइन्सले एक नेपालीको शव ल्याएको छ। जानेबेला ३२ यात्रु बोकेर गएको श्री एयरलाइन्सले फर्किने बेला एउटा शव बोेकेर आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *