ट्रम्पको चुनावी अभियानका ५ रणनीति
वाशिङ्टन। ट्रम्पको शुक्रबारको भाषणका दिन व्हाइट हाउस ग्राउण्ड्सको दृश्य एक किल्ला जस्तै थियो। सुरक्षाकर्मीले कैयौं स्थानमा बार लगाएका थिए। किनकी विरोधीहरु राष्ट्रपतिको भाषणमा दखल दिन नसकुन्।
एकतर्फ प्रहरी र एजेन्सीहरुले व्हाइट हाउसको वरीपरी सुरक्षाको एक कभर बनाएका थिए। उता रिपब्लिकन पार्टीले गएका ४ दिनमा राष्ट्रपतिको वरीपरी एक मनोवैज्ञानिक बबल उत्पन्न गराउन समय लिए। गएका ६ महिनाको उथलपुथलपूर्ण सयमबाट बचाउन एक सुविधानजनक वास्तविकताको आवरण तयार गरियो।
यो हप्ता पार्टीको उद्देश्य यस बबलमा मतदाताहरुको विजयी गठबन्धनलाई स्वागत गर्नु थियो। यसमा न ट्रम्पका विश्वास पात्रहरुमात्र सहभागी छन्, यसमा राष्ट्रपतिको नीतिहरुको सायद मन नपराउन अर्ध शहरी, राष्ट्रपतिको टोन मन नपराउने महिलाहरु र एथनिक माइनोरिटीन पनि सहभमागी छन्। जो देशमा बढ्दो नश्लीय तनावबाट चिन्तित छन्।
हालैको पोलहरुबाट देशको एक ठूलो वर्ग देश गलत दिशामा गएको मान्छ भन्ने संकेत देखिन्छ। यो मौजुदा राष्ट्रपतिलाई दोस्रो पटक जिताउने बाटोमा ठूलो अवरोध हुन सक्छ। रिपब्लिकन्सले चिजहरुमा वास्तावमै राम्रो भइरहेको र सुधार भइरहेको देखाउने प्रयास गरिरहेको छ।
यहाँ हामी ट्रम्पका ६ रणनीतिहरुको चर्चा गर्न गइरहेका छौं, जसको माध्यमबाट उनी दोस्रो पटक राष्ट्रपति चुनिने सपना देखिरहेका छन्।
कोरोनालाई सफल कथाका रुपमा बेच्नु
अमेरिकामा कोरोनाका करिब ६० लाख केस फेला परेका छन् र यी मध्ये १ लाख ८२ हजारभन्दा धेरैको मृत्यु भएको छ। ट्रम्प र रिपब्लिकन्सले पुरा हप्ता यो तथ्यका विषयमा कुरा गर्ने प्रयास गरे। पहिलो पटक माइक पेन्स, मेलानिया ट्रम्प र आफै राष्ट्रपति ट्रम्पले जसले कोरोनाका कारण ज्यान गुमाए उनीहरुका आफ्न्तप्रति समवेदना प्रकट गरे।
ट्रम्पले भने, ‘एक देशका रुपमा हामी दुःख व्यक्त गर्छौं, हामी उनीहरुको सम्झना सँधै हृदयमा जीवित राख्ने छौं जो यस किसिमले गए। उनीहरुको सम्मानमा हामी एकजुट हुने छौं र उनीहरुको सम्झनामा हामी यसबाट माथि उठ्ने छौं।’
रिपब्लिकन्स राष्ट्रपतिले चालेका कदमहरुमा केन्द्रित भएका छन्। यसमा चीनदेखि अमेरिका यात्रामा प्रतिबन्ध, उपचारका लागि रिसर्चमा सहयोग, हालै घोषणा गयिरएको ७५ करोड डलरको नयाँ र्यापिड रिजल्ट कोरोना भाइरस टेस्ट र यसै वर्षको अन्त्यसम्म अमेरिकी भ्याक्सिन आउने कुरा समावेस छ।
कैयौं वक्ताहरुले कोरोना भाइरसलाई बितेको कुरा भनेर सम्बोधन गरे र सबै खराब समय गइसकेको देखाउने प्रयास गरे। ट्रम्पले भने, ‘हामी जीवन रक्षक थेरापी डेलिभर गरिरहेका छौं र हामी यो वर्षको अन्त्यसम्म वा त्यसभन्दा पनि पहिला भ्याक्सिन लगाउने छौं। हामी भाइरलाई पराजित गर्ने छौं। महामारीको अन्त्य हुने छ र हामी यसविरुद्ध धेरै बलियो भएर आउने छौं।’
ट्रम्प राष्ट्रपतिमा दोस्रो पटक चुनिने कुरा यो विषयमा आधारित हुने छ कि उनी कति यी दावीमा विश्वास गर्छन् किनकी भाइरसले अहिले अमेरिकामा कहर मच्चाइरहेको छ।
एकअर्को आर्थिक फिर्तीको बचन
यो वर्षको शुरुमा राष्ट्रपतिको २०२० अभियान पूर्णरुपमा अर्थतन्त्रलाई बलियो बनाउने विषयमा आधारित थियो। तर, यो महामारीले सबैकुरा परिवर्तन गरिदियो। हाल अमेरिक भयंकर मन्दीकाबीचमा छ। बेरोजगारीको दर दोहोरो अंकमा पुगेको छ र उपभोक्ताको विश्वास घटेको छ।
तर रिकभरीको किरण पनि देखिएका छन् र ट्रम्प तथा रिपब्लिकन्सले यसै हप्ता तुरुन्त यी विषयतर्फ संकेत पनि गरेका छन्। स्टक मार्केट एकपटक नयाँ उँचाईमा पुगेको छ। विजनेस परचेजमा तिब्रता आउन लागेको छ। सर्वेहरुमा ट्रम्पलाई अझै पनि अर्थव्यवस्था सम्हाल्नले विषयका लागि राम्रो अंक दिइएको छ।
तर, रिपब्लिकन्स कन्भेन्स महामारीभन्दा पहिला अमेरिकाले हासिल गरेको आर्थिक उपलब्धि सम्झाउनुमा केन्द्रित रह्यो। यसमा २०१७ को कर कटौती, क्यानडा, मेक्सिको र साउथ कोरियासँग फेरि भएको व्यापार सम्झौता र एक सयमाम सबैभन्दा कम बेरोजगारी जस्ता उपलब्धि समावेस गरिए।
रिपब्लिकन्सको मुख्य तर्क ट्रम्प प्रशासनको पहिलो तीन वर्षमा गरिएको कामका विषयमा छ। र ट्रम्पले फेरि राम्रो गर्न सक्ने दावी गरिएको छ।
नश्लीयताको मोर्चामा काम
व्हाइट हाउसमा नश्लीयताको विषयलाई लिएर ट्रम्पको रेकर्ड खासै राम्रो पनि छैन नराम्रो पनि छैन। उनको प्रशासनले एक पक्षपातरहित क्रिमिनल जस्टिस रिफर्म बिल ल्याउन मद्दत गरेको छ। तर, उनका विरोधीहरु शब्द र ट्वीटले पटक पटक यसलाई अस्वीकार गर्ने खालका रहेको बताउँछन्। उनीहरु हालका दिनहरुमा भएका विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिले गरेको कमजोर प्रयासहरुको चर्चा गर्छन् र प्रहरीको क्रूरता एक तन्त्रका रुपमा नश्लीयता जस्तो विषयमा साक्षी भएको टिप्पणी गर्छन्। यसबाट कालाजातीको समुदायमा चिन्ता प्रकट भइरहेको छ।
यसै हप्ता रिपब्लिकन्सले राष्ट्रपतिलाई कालो समुदायका एक यस्तो च्याम्पियनका रुपमा देखाउने प्रयास गरेको छ जसको कामलाई कमजोर आँकिएको छ।
कन्भेन्समा वक्ताहरुले पटक पटक ट्रम्पले काला अमेरिकीहरुको चिन्ता गर्ने भन्दै जोड दिए। पूर्व फुटबलर स्टार हर्शेल वाकर, सीनेटर टिम स्कट, केन्टुक िअटर्नी जनरल ड्यानियल क्यामरुन, हाउजिंग सेक्रेटरी बेन कार्सन, व्हाइट हाउस स्टाफर जारोज स्मिथसमेत यो एक यस्तो आधुनिक रिपब्लिकन कन्भेन्शन थियो, जसमा काला मतदाताहरुसम्म पुग्ने सकेसम्मको प्रयास गरिएको थियो।
क्लेरेन्स हेन्डरसनले भने, ‘डोनाल्ड ट्रम्प वास्तावमै काला मानिसहरुको चिन्ता गर्छन्। उनको नीतिहरुले उनको हृदयलाई देखाउँछ।’
एक राजनीतिक कन्भेन्शनका क्रममा राष्ट्रपतिको शक्तिहरुको विवादास्पद प्रदर्शनका रुपमा ट्रम्पले जोन पोन्डरलाई माफी गरिदिए, जो दोषी ठहर भएका थिए। र अब पूर्व कैदिहरुलाई समाजमा पुनस्र्थापित गर्ने कार्यक्रममा लागेका छन्। यसको सन्देश स्पष्ट थियो, यसको उद्देश्य रणनीतिक थियो।
२०१६ मा काला मतदाताबाट १० प्रतिशत इलेक्टोरेट बनेका थिए। यी मध्ये ९० प्रतिशतले डेमोक्रेट हिलेरी क्लिन्टनलाई मतदान गरेका थिए। यदि ट्रम्प यो समुदायबाट डेमोक्रेट्सको मत आफूतर्फ तान्न सफल भए भने उनलाई यसको फाइदा पक्कै पनि हुनेछ। ट्रम्पले भने, ‘मैले काला जातीहरुका लागि ३ वर्षमा जति गरेको छु, जो बाइडेनले ४७ वर्षमा पनि गरेका छैनन्।’
कानून र व्यवस्था
४ वर्ष पहिला आफ्नो कन्भेन्शन एक्सेप्टेन्स स्पीचमा ट्रम्पले प्रतिवद्धता गरेका थिए, ‘अपराध र हिंसा जसले हाम्रो देशमा नराम्रो असर पारेको छ, त्यो छिटै समाप्त हुनेछ।’ आफ्नो उद्घाटन भाषणमा उनले भने, ‘अमेरिकामा विध्वंश अहिले यसै समय रोकिनुपर्छ।’
साढे तीन वर्षपछि अमेरिकामा हिंसक अपराध केही शहरमा बढेका छन् र प्रहरीको क्रूरताको विरुद्धमा प्रर्दशनहरु भइरेका छन्। यस्तो अवस्थामा राष्ट्रपतिको तर्क के छ भने राज्य र स्थानीय डेमोक्रेट्सको गल्ती हो ट्रम्पलाई दोस्रो पटक चुनेर उनीहरुलाई सन्देश दिन सकिन्छ।
ट्रम्पले भने, ‘तपाईँको मतले तय गर्ने छ, के हामी आफ्नो कानून मान्ने अमेरिकीहरुको सुरक्षा गर्नेछौं वा हिंसक अराजक तत्व, प्रदर्शनकारी र पराधीहरुलाई मनमानी गर्ने छुट दिने छौं।’
जर्ज फ्योयडको मृत्युपछि ठूलो संख्यामा भएको विरोध प्रदर्शनमा राष्ट्रपतिको फोकस मिनेपोलिस, पोर्टल्याण्ड, शिकागो र अब केनोशा, विसकोन्सिन जस्ता स्थानमा भएको हिंसामा छ। उनको फोकस प्रहरीको कारबाहीमा छैन, जसको कारणले यो हिंसा शुरु भएको थियो। बिहीबार राती पनि यस्तै भयो। आफ्नो भाषणमा राष्ट्रपतिले प्रहरीको गलत आचारको सामान्य चर्चा गर्दै न्याय तन्त्रमा गलत गर्नेलाई नछोडिने बताए।
बाइडेनमाथि पटक पटक हमला
यदि ट्रम्पको इमेज बनाउन र अमेरिकामा मौजुदा अवस्थामा मानिसहरुमा विश्वास उत्पन्न गराउन रिपब्लिकन्स असफल भए भने भने उनीहरुको अन्तिम योजना यो चुनावमा ट्रम्प र उनका डेमोक्रेटिक विरोधीबीचको चुनाव परिवर्तन गर्नु हुनेछ।
२०१६ मा ट्रम्प नेगेटिभ अप्रूभल रेटिंग हुँदाहुँदै पनि आफ्नी विरोधी हिलेरी क्लिन्टनका कारण जितेका थिए। किनकी उनलाई पति त्यति नै अलकप्रिय मानिएको थियो। पूरा हप्ताका क्रममा पार्टी प्रमुख रोना म्याकड्यानियल र पेन्स जस्ता रिपब्लिकन्सले डेमोक्रेटिक केन्भेन्शनमा नीतिको अभावको फाइदा उठाउने प्रयास गरे र बाइडेनलाई एक वामपन्थीका रुपमा देखाउने प्रयास गरे। (बीबीसीबाट अनुवाद)
Facebook Comment