कुन्दनलाई अमेरिकाको नेपाली राइनोज क्रिकेट क्लबबाट सहयोग

डिसी नेपाल
१५ भदौ २०७७ ११:०८

काठमाडौं । नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु क्रियाशिल रहेको नेपाली राइनोज क्रिकेट क्लबले दुबै म्रिगौला फेल भएर डायलोसिस गराईरहेका क्रिकेट खेलाडी कुन्दन सिंहलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रिय खेलाडी सुवास खकुरेलको पहलमा अमेरिका स्थित टेक्ससमा रहेको क्लबले नेपालमा बिरामी रहेका २५ बर्षीय यी खेलाडीलाई सहयोग गरेको हो ।

सहयोग गर्नेमा क्लबका तथा नेपालका पूर्व खेलाडी कनिष्क चौलागाईं,वरदान चालिसे,राकेश कर्ण,बन्तु बताजु रहेका छन भने क्लबका अन्य सदस्य हरुमा आशिष लामा र सन्जय शर्माले पनि सहयोग गरेका छन ।

करिब ११ महिना दुबै मृगौला फेल भएर आर्थिक अवस्था कमजोर भएका कुन्दन अहिले क्रिकेट अभियान्ता, क्रिकेट संघ तथा क्रिकेट खेलाडीहरुको सहयोगमा भारतमा उपचार गराईरहेका छन । डिसी नेपाल संगको कुराकानीमा कुन्दनले हाल उपचारको क्रममा भारतमा रहेको र त्याहा उनको उपचार राम्रो संग भईरहेको बताए । साथै कुन्दनले उनलाई उपचारको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिएका छन ।

यसअघि आर्थिक अवस्था कमजोर भएका कारण जनकपुर अस्पतालमा उपचार गराईरहेका कुन्दन उपचारकै क्रममा कोरोना संक्रमित पनि भएका थिए । कोरोना मुक्त भएपछि उनी डस्चार्ज भएर जलेश्वर स्थित आफ्नो घर फर्किएका थिए । कुन्दनलाई क्रिकेट अभियन्ता विज्ञान कार्कीको पहलमा अहिले पनि बिभिन्न ठाउहरु बाट सहयोग जारी रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *