पुजारी हत्या प्रकरणमा दुई आरोपी पक्राउ
काठमाडौं। रौतहटस्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनरेश पटेल र बालकुमार पटेल रहेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल ल्याइको हो।
पुजारी प्रकरणमा धेरैदिनदेखि राजनीतिक दलहरुले विरोध गर्दै आएका थिए। रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति पौने ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment