सोमबार यूएईबाट ४१० नेपाली स्वदेश फर्किए, बाकसमा आए ४ शव

डिसी नेपाल
१५ भदौ २०७७ १७:३४

काठमाडौं। कोरोनाका कारण यूएईमा समस्यामा परेका नेपाली फर्काउन सोमबार २ वटा चार्टर्ड उडान भएका छन्। सोमबार यूूएईबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडानमार्फत ४१० जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार नेपाल एअरलाइन्सको जहाजमार्फत दुबईबाट २५४ जना र हिमालय एअरलाइन्सको जहाजमार्फत आबुधाबीबाट १ बच्चासहित १५६ नेपाली स्वदेश फर्किएका हुन् ।

दुबईबाट नेपाली बोकेर आएको नेपाल एयरलाइन्सको जहाजले रोजगारीको क्रममा त्यहाँ ज्यान गुमाएका ४ नेपालीको शव समेत ल्याएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *