श्रमिकको पारिश्रमिक बढाउने कतार सरकारको निर्णयप्रति राजदूत भारद्वाजको कृतज्ञता

डिसी नेपाल
१५ भदौ २०७७ १७:४९

काठमाडौं। कतार सरकारले निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेकोप्रति कतारका लागि नेपाली राजदूत डा. नारद भारद्वाजले कृतज्ञता व्यक्त गरेका छन् ।

उनले एक वक्तव्य जारी गर्दै कतार सरकारको यो निर्णयलाई ‘अग्रगामी पहल’ भनेका छन् । उनले रोजगारी परिवर्तनको लागि पहिलेको रोजगारदाताबाट नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था हटाइनुले कामदारको काम रोज्ने स्वतन्त्रता सुनिश्च्ति गरेको पनि बताएका छन् ।

राजदूत भारद्वाजले लेखेका छन् ‘कामदारहरूको न्यूनतम ज्याला बढाउने कतार सरकारको निर्णय अग्रगामी पहल हो । जसले मजदुर समुदायमा रहेको लामो समयदेखि गुनासो सम्बोधन गरेको छ । त्यस्तै, कामदारहरूले रोजगारी परिवर्तन गर्नका लागि उनीहरूको रोजगारदाताबाट एनओसी लिनु पर्ने आवश्यकता खारेज गरेपछि कामदारको रोजगारी छनौट गर्ने स्वतन्त्रता सुनिश्चित भएको छ । नेपाली कामदारका तर्फबाट म महामहिम स्टेट्स अफ कतारका अमीरप्रति श्रमको मर्यादा अभिवृद्धि गर्न ऐतिहासिक कदम चालेकोमा कृतज्ञता ज्ञापन गर्दछु ।’

आइतबार कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने छ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *