नेपालका लागि बेलायतका पूर्व राजदूतको शव भेटियो

डिसी नेपाल
१५ भदौ २०७७ २३:२४

लण्डन। विगत ४ महिनादेखि बेपत्ता भएका नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ। बेन्टलीबाट मनिङ व्लकमा हिँडेका मोरिस ६ मे देखि बेपत्ता थिए।

उनको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ। उक्त जंगलमा मोरिस दौड्न खुब रुचाउने गरेको बताइन्छ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए। नेपाल बसाईको क्रममा उनले यहाँको प्राकृति सौन्दर्यता र संस्कृतिबाट आफू प्रभावित भएको बताएका थिए।

नेपालपछि बेलायत सरकारले उनलाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो। तर त्यहाँ जानुअघि नै उनी बेपत्ता भएका थिए।

प्रहरीले उनको मृत्युबारे अब थप अनुसन्धान गर्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *