उपत्यकामा ४८१ सहित थप एक हजार ६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । मंगलबार उपत्यकामा ४८१ सहित देशभर एक हजार ६९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए।
प्रवक्ता डा। गौतमका अनुसार काठमाडौं जिल्लामा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जना गरी काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४० हजार ५२९ पुगेको छ।
हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ७६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २३९ पुगेको छ। गत २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ३९० जना क्वारेन्टिनमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment