भारतमा नेपाली डाक्टरले बिल्डिङको ८ औं तलाबाट हाम्फाले

डिसी नेपाल
१७ भदौ २०७७ ८:३७

नयाँ दिल्ली (आइएएनएस)। भारतको गुरुग्राममा ३९ वर्षका एक डाक्टरले बिल्डिङको ८ औं तल्लाबाट हाम्फालेर आत्महत्या गरेका छन् । यहाँको सेक्टर ४७ मा रहेको इभो अपार्टमेन्टको आठौं तल्लाबाट उनले हाम्फालेका हुन् । डाक्टरको नाम सुरजित कुमार साहा भएको बताइएको छ । जानकारीअनुसार यी डाक्टर नेपाली हुन् र उनले २००५ मा भारतीय नागरिकता लिएका थिए ।

उनी गुरुग्रामको मेदान्ता अस्पतालमा कलेजो प्रत्यारोपण शल्यचिकित्सक थिए । पुलिसका अनुसार साहा गुरुग्रामको फ्ल्याटमा एक्लै बस्थे । उनकी श्रीमती लक्ष्मी र ६ वर्षकी छोरी कोलकातामा बस्दै आएका छन् । ‘हामीलाई शंका लागेको छ कि साहाको उनकी श्रमितीसँग कुनै विवाद थियो र यही कारण उनले यस्तो कदम उठाएका हुन् । हामीले एउटा सुसाइड नोट पनि बरामद गरेका छौं जसमा उनले कसैलाइ दोष दिएका छैनन्’ अनुसन्धान अधिकारी मोहन पुरीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *