कोरोना कहरमा डिजिटल श्राद्ध : भर्चुअल श्राद्धको अर्थ हुँदैन : डा. गौतम – Dcnepal

कोरोना कहरमा डिजिटल श्राद्ध : भर्चुअल श्राद्धको अर्थ हुँदैन : डा. गौतम

काठमाडौं। यो वर्षको सोह्र श्राद्ध बुधबार(आज)देखि सुरु भएको छ। आफ्ना मृत पूर्वज (पितृ) लाई सम्झना गर्ने र उनीहरुको पूजा आजा गरी खुवाउने पर्वका रुपमा सोह्र श्राद्धलाई लिने गरिन्छ।

कोरोनाका कारण यो वर्षको श्राद्ध भर्चुअल गरिने भएको छ। आधुनिक जमना र प्रविधिले दिएको सुविधालाई उपयोग गरी भिडियो श्राद्ध गर्ने सकिने भन्दै केही ब्राम्हणहरुले घरमै बसेर श्राद्ध गर्ने गरेको बताएका छन्।

‘पर्सी मैले भर्चुअल श्राद्ध गरिदिनु पर्नेछ’, चावहिलका ब्राम्हण केदार घिमिरेले भने, ‘कोरोनका कारण सबै भाइ एकठाउँमा आउन सक्नु भएन रे। भर्चुअल नै गर्ने निर्णय गर्नु भएको छ। अरु कार्यक्रमको तयारी भएको छ। कतिपय साथीहरुले पनि कोरोनाका कारण घरमा जान नसक्ने भएकाले भर्चअल गरेको सुनाउनु भएको छ।’

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भने भर्चुअल माध्यामबाट गरिएको श्राद्धको कुनै अर्थ नहुने बताउँछन्। उनले जस्तो सुकै परिस्थिति आए पनि पितृकार्य र देवकार्य भर्चुअल गर्दा अर्थ नुहुने बताए।

उनले भने, ‘ पितृकार्यलाई शास्त्रमा देवकार्यभन्दा पनि उच्च कोटीमा राखिएको छ। श्राद्ध १६ दिन नै गर्नु पर्ने भन्ने शास्त्रमा उल्लेख गरिएको छ। यदि १६ दिन गर्न नसकिए भने पञ्चमीदेखि आंैसीसम्म, त्यो नसकिए दसमीदेखि आंैसीसम्म र त्यो पनि सम्भव नभए बुबाको तिथिमा श्राद्ध गर्नु पर्छ भन्ने शास्त्रमा उल्लेख छ।’
श्राद्ध श्रद्धा र भक्तिका साथ गरिने कार्य भएकाले औपचारिकता निभाउन र देखावटी गर्नुको कुनै अर्थ नभएको डा.गौतमले बताए। उनले भने, ‘हामीले श्राद्ध गर्ने भनेको श्

रद्धा र भक्तिका साथ हो। बाहुनले १ ठाउँ श्राद्ध गरेर अर्को ठाउँ गरेमा पितृ दुःखी हुने शास्त्रमा उल्लेख छ। देखाउन कै लागि र मैले श्राद्ध गरेको हुँ भन्नका लागि श्राद्ध गरेर के काम? त्यसैले यो भर्चुअल श्राद्ध गर्नुको अर्थ छैन।’

कोरोनका कारण पनि घर–घरमै गएर श्राद्ध गर्न नसकिने भएकाले भर्चुअल गर्नु परेको एक पक्षको बुझाइ छ। तर, सरकारले बनाएको मापदण्ड अनुसार श्राद्ध गर्न सकिने डा. गौतमको भनाइ छ।

भर्चअल विधि  शास्त्रसिद्ध छैन। बरु विकल्प छन्। शास्त्रले दिएका विकल्पअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। त्यो बेला पनि समय असहज भए गाइ तिहारे औंसीमा र त्यति बेला पनि नभए मंसिर लाग्ने संक्रान्तिअघिसम्म गर्न मिल्ने विकल्प छ।

डा. गौतमले भने, ‘सरकारले तय गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु अपनाएर श्राद्ध गर्न सकिन्छ। श्राद्धको प्राविधिक पक्ष जानेको मान्छेले त मिलाएर गर्दा हुन्छ। नजानेकोले ब्रामण बोलाएर आवश्यक प्राविधिक पक्ष मिलाएर २ मिटरको टाढाबाट श्राद्ध गर्न नसकिने भन्ने हुन्छ। यस्तो बेलामा मान्छे जम्मा गर्नै पर्छ भन्ने पनि त छैन। श्राद्ध गर्ने मान्छे र एक जना ब्राम्हणले टाढैबाट विधि पुर्याएर श्राद्ध गर्न सकिन्छ।’

भर्चुअल श्राद्धको बारेमा सोध्न आउनेलाई नगर्नुस औचित्य छैन भन्ने गरेको उनले बताए। उनले भने, ‘मलाई सोध्न आउनेलाई त मैले अर्थ छैन भनेको छु। अब कसैले गर्छ भने त के भन्नु छ र। तर, भर्चअल विधि भने शास्त्रसिद्ध छैन। बरु विकल्प छन्। शास्त्रले दिएका विकल्पअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। त्यो बेला पनि समय असहज भए गाइ तिहारे औंसीमा र त्यति बेला पनि नभए मंसिर लाग्ने संक्रान्तिअघिसम्म गर्न मिल्ने विकल्प छ।’

पितृहरु श्राद्धका सोह्रदिन आफ्ना सन्ततीको वरीपरी घुम्ने गर्छन्। कति श्रद्धा पूर्वक सम्झना गर्छन र हामीलाई खुआउँछन् भनेर पृथ्वीमा आउने सास्त्रमा उल्लेख भएको ज्योतिष तथा वास्तुशास्त्रि सुरेशचन्द्र रिजाल बताउँछन्।

उनले भने, ‘मनुष्यको आहार अन्न भए जस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्व हो। मन्त्र, आहुति, द्रव्य पितृहरुले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगेर ग्रहण गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। आफ्ना पितृहरुको तिथि अनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर सन्तानको आयु वृद्धि, धनधान्य र सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख छ।’

उनी भन्छन्, ‘ देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो जसले टाढाबाट भनिएका कुराहरु सुन्ने टाढैबाट गरिएको पूजा ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन्। देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन्।’

ऋषि महर्षिहरुले यस्तो प्रकारका महामारी आउनसक्ने छ भन्दै विकल्पका रुपमा अन्य ग्रन्थको पनि रचना गरेको र के गर्ने र के नगर्ने भन्ने प्रस्ट रुपमा ग्रन्थमा उल्लेख गरिदिएको रिजालको बुझाइ छ।

उनले भने, ‘स्कन्दपुराणको नगरखण्डमा श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नु पर्ने बताइएको छ।’

देशे काले च पात्रे च श्रद्धया विधिना च यत्।
पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम्।।

शास्त्र अनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ। यदि छोरा नभएको अवस्थामा श्रीमतीबाट, श्रीमती नभए भाई र यदि भाईको पनि नभए ज्वाई पनि श्राद्ध गर्न मिल्ने शास्त्रमा उल्लेख भएको रिजालको भनाई छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो